निषेध गरिएका गतिविधिहरु
- सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।
- खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।
- विवाह ब्रतवन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल पार्टी प्यालेजमा गराृउन नपाइने ।
- पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
- शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।
- स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।
सञ्चालन गर्न पाउने गतिविधिहरु
व्यवसायको हकमा
- औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
- औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ६ : ०० बजेसम्म सञ्चालन गर्न पाइने ।
- अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनकाृ लागि
- काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।
सवारी साधन सञ्चालनको हकमा
- काठमाडौँ उपत्यका भित्र सञ्चालन हुने सवारी साधनले स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।
- यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।
- सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गनए पाइने ।
यस्तो छ आदेश
Discussion about this post