ललितपुर । कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी भएसँगै न्यून आए भएका र ज्याला मजदुरी गर्ने कोभिड प्रभावितलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
दैनिक गुजारा चलाउन समस्यामा रहेका नागरिकलाई विहिवार निलकण्ठ न.पा.-१२ दामगाडे धादिङमा रहेको जीवित चर्चका ६५ घरपरिवारलाई नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ), नेपाल ख्रीष्टियन समाज (एनसीएस)को पहलमा टिएफएनले खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
दैनिक ज्यालादारी काम गरी गुजारा चलाएका मजदुरहरु, असहाय, अशक्त व्यक्ति तथा गरिब किसानहरूको दैनिकी सहज बनाउन सहयोग गरिएको संस्थाका संस्थापक अध्यक्ष मुकुन्द कुमार शर्माले बताउनुभयो ।
नेपाल ख्रीष्टियन समाजका प्रशासन तथा वित्तिय संयोजक सोबित सापकोटाको नेतृत्वमा ६५ घरपरिवारलाई प्रति परिवार चामल एक बोरा, दाल, नुन, तेल, साबुन र मास्क सामाग्री वितरण गरिएको छ ।
दोश्रो लहरको कोरोना कहरबाट सृजित विपत्तिलाई थोरै भएपनि मलहम पट्टी लगाउन जोखिम व्यवस्थापन गर्दै ठूलो परिमाणमा संस्थाले राहत वितरण गरेकोमा स्थानीय जीवित चर्चका पास्टर बुद्धि बहादुर तामाङले संस्थाको मुक्तकण्ठले प्रशंसा गरे ।
२०७२ को भुकम्पबाट समेत प्रभावित त्यहाँका नागरिक संक्रमणको जोखिमसँगै अहिले धेरैको रोजगारी गुमेको छ । जसका कारण न्युन आएका व्यक्तिहरु समस्यामा परेका छन् ।
Discussion about this post