दोलखा । लिभिङ ब्याप्टिस्ट चर्च ललितपुरले दोलखाको बिभिन्न ४ वटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर मेसिन सहयोग गरेको छ ।
मंगलबार चर्चले जिल्लाको चरिकोट अस्पताललाई २ वटा वाटर बोइलर, बैतेश्रर गाउँपालिका -४, मैनापोखरीको बैतेश्वर अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर र १ वटा वाटर बोइलर सहयोग गरेको छ । त्यसैगरी जिरी नपा-१ र २ मा रहेको श्यामा अस्पताल र माली अस्पताललाई १/१वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
दोलखा जिल्ला इसाई समाजका अध्यक्ष तथा स्थानिय समाजसेवी शक्ति पाख्रीन र बिगुल फाउन्डेसनका संरक्षक समाजसेवी लक्ष्मण गुभाजुको विशेष पहलमा दोलखाको विभिन्न अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर हस्तान्तरण गरेका छन् ।
कोरोना संक्रमणले गाउँ र बजारबासीलाई ग्रस्त पारिरहेको बेला उपचार र रोकथाम गर्न उक्त उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेको ब्याप्टिस्ट चर्चका उपाध्यक्ष पास्टर राजेन्द्र मल्लले बताउनु भयो ।
कोभिड-१९को दोश्रो लहरले दोलखा जिल्लालाई पनि प्रभावित बनाएकोले यो अहिलेको बिषम परिस्थितिमा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्राप्त सामाग्रीको उचित सदुपयोग गर्ने चरिकोट प्रादेशिक अस्पतालका प्रमुख डा. बिनोद डङोलले बताउनु भयो ।
चर्चले कोभिड-१९ महामारी बिरुद्धको अभियान लिएर संक्रमण रोकथाम र नियन्त्रणमा समुदायमा सह्रानिय काम गरिरहनु भएको छ ।
Discussion about this post