काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
यो सँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार ६ सय ८३ जना छन्। जसमध्ये काठमाडौंमा ९२२९, ललितपुरमा ३७४४ र भक्तपुरमा २७१० जना कोरोना संक्रमित विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचाररत छन्।
Discussion about this post