काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै शनिबार आव २०७८/०७९ को पूर्ण आकारको बजेट सार्वजनिक गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बजेट प्रस्तुत गरिरहेका छन् । बजेटको आकार करिब १६ खर्ब रुपैयाँको रहेको छ ।
बजेटमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।
Discussion about this post