काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप एक साताका लागि लम्बाइएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा लम्बाइएको हो ।
थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
यस्तै निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेपछि सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय पनि भएको छ । यस्तै निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ ।
यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ ।
Discussion about this post