एसएलसी परीक्षाको नतिजा मंगलबार सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो साढे तीनबजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्न लागेको छ। नतिजा सार्वजनिक गर्नको लागि आवश्यक सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण खगराज बरालले बताउनुभएको छ ।
एसएलसीको नतिजा सार्वजनिक भए लगत्तै बिभिन्नवेवसाइट मार्फत एसएमएस सेवाबाट पनि थाहा पाउन सकिन्छ ।
एसएमएस गर्ने तरिका
मोबाइलको म्यासेज बक्समा slc टाइप गरी स्पेस दिएर अल्फाबेट सहितको सिम्बोल नम्बर (जस्तै slc 0435355A) लेखी 1400 मा एसएमएस पठाएमा नतिजा थाहा हुन्छ ।
वेवसाइटहरु:
यस्तै नेपाल टेकिमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ
गत चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए ।
Discussion about this post