गृहमन्त्री रामबहादुर थापासहित ७ वटा मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी उनिहरुलाई पदमुक्त गर्दै रिक्त रहेका ७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी हुन् ।
सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन भनेर आदेश जारी गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्नका लागि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई नै ति मन्त्रालयको ७ वटै मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले एक विद्दप्ती जारी गर्दै जानकारी गराएको हो ।
उनिहरुले सम्हाली आएको मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री स्वयंमले सम्हाल्ने गरी तोकेको कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...
मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post