काठमाडौं– नेपाली इसाई जगतमा कहिल्यै नमेटिने एउटा सुनौलो इतिहास नेपाली इसाई मण्डली ज्ञानेश्वरका वरिष्ठ पास्टर रोबर्ट कार्थकको निधन भएको छ ।
ग्वार्कोस्थित विएण्डवि अस्पतालमा करिब एक हप्ता बिताएपछि कार्थकको मंगलबार विहान ३ः१५ बजे निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि कार्थक वैशाख २८ गते विएण्डवी अस्पतालमा भर्ना भएका थिए ।
कार्थकको निधनले नेपाली इसाई इतिहासको एक सुनौली साक्षी र एउटा असल अभिभावक गुमाएको नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले बताउनुभएको छ ।
नेइम चर्च धोविघाटका संचार तथा सूचना विभागका सदस्य सुरेन्द्र श्रेष्ठले पास्टर कार्थकको पिसिआर जाँच गरी अहिले ११ बजे आएको रिर्पोटले कारोना नेगेटिभ देखिएकोले अब उहाँको अन्तिम संस्कार के कसरी र कहाँ गर्ने भन्ने विषयमा आपूmहरु छलफल मै रहेको जानकारी गराउनु भएको छ ।
९५ वर्षका नेइम चर्चका पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन कालिङपोङमा भएको थियो । पास्टर कार्थक लामो समयसम्म ख्रीष्टको मण्डलीको सेवामा संलग्न, इसाई समुदाय कै एक असल अभिभावक र अत्यन्तै आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो ।
नेपाली इसाई जगतले एउटा असल अभिभावक गुमाउँदा अहिले आम नेपाली ख्रीष्टियन समुदाय र विश्वभर छरिएर रहेका नेपाली भाषी यतिखेर शोकमा डुबेकोे छ ।
Discussion about this post