रौतहट । चन्द्रपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशनको लागि ख्रीष्टियन समाज रौतहटले आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार नगरपालिकाको कार्यालयमा ख्रीष्टियन समाज रौतहटका अध्यक्ष प्रल्हाद रामुदाम नेतृत्वको टोलीले नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरू नगरप्रमुख रामचन्द्र चौधरी मार्फत हस्तान्तरण गरेको हो ।
संकटको समयमा हातेमालो गर्दै संक्रमित नागरिकको उपचारमा सहज पुर्याउने उद्देश्यले नगरपालिकालाई थोरै भएपनि समाजले सहयोग गरेको अध्यक्ष रामुदामले बताए ।
समाजले वितरण गरेको सामग्रीहरुमा अक्सिजन फ्लोमिटर ५ थान, सर्जिकल मास्क ५ हजार थान,डिजिटल थर्मोमिटर १० थान, ग्लभस् २ बक्स तथा सेनिटाईजर १० बोतल एबम् हैंड सेनिटाईजर १२ थान रहेको वडा नं ६ का अध्यक्ष खड्ग बहादुर कुश्वारले जानकारी दिएका छन् ।
कोरोना महामारीको यो संकटको समयमा नगरपालिकालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा ख्रीष्टियन समाज रौतहटका पदाधिकारीहरुलाई नगर प्रमुख चौधरीले धन्यवाद दिदैं प्राप्त सामग्रीको उचित सदुपयोग गर्ने बताएका छन् ।
Discussion about this post