काठमाण्डौँ । यूनाइटेड मिसन टु नेपाल (यूएमएन)ले आफ्नो स्थानीय साझेदारी संस्था इन्दे्रनी सामाजिक विकास मञ्चमार्फत स्वास्थ्य र सुरक्षा सामग्री प्रदान गरेको छ ।
बुधवार नवलपरासीको प्रतापपुर गाउँपालिकाले स्थापना गरेको १५ वेडको आइसोलेसन सेन्टरका लागि यूएमएनले कोभिड १९ को संकटलाई समाधान गर्ने उदेश्यस्वरुप ५० हजार मुल्य दुई वटा वेड र एउटा अक्सिजन सिलिन्डर प्रदान गरेको हो ।
त्यसैगरी संस्थाले पालहिनन्दन गाउँपालिकामा ५ वेडको आइसोलेसन सेन्टर स्थापना गर्न ७० हजार बराबरको सर्जिकल मास्क र पीपीई सेट प्रदान गरेको छ भने नेपाल भारतको अति व्यस्त महेशपुर सिमा नाकामा हेल्थ डेस्कको स्थापना गर्न ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहित स्वास्थ्य डेस्कमा पिउने पानीको व्यवस्था समेत गरेको छ ।
कोरोनाका कारण उत्पन्न अहिलेको विषम परिस्थितिको संकट समाधान गर्न यूएमएनले सहयोग गरेको भन्दै पल्हिनन्दन गाउँपालिकाका प्रमुख बैजु प्रसाद गुप्ताले धन्यवाद दिएका थिए ।
Discussion about this post