सुर्खेत । कर्णाली प्रदेश सभाको विश्वासको मत पाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई इसाई समाज सुर्खेतले बधाई तथा शुभकामना दिएको छ ।
आइतबार इसाई समाजका पदाधिकारीले मुख्यमन्त्री शाहीको कार्यकक्षमा भेट गर्दै कर्णाली जनताको पक्षमा अरोरात्र खटेर काम गर्नुभएकोमा धन्यवाद दिँदै आगामी थप कार्यकालको सफलताको बधाई तथा शुभकामना दिएका थिए ।
मुख्यमन्त्री शाहीलाई बधाई दिँदै समाजका जिल्ला अध्यक्ष तथा समाजसेवी पास्टर पदम गैरेले यो सरकारले कर्णालीको विकास र जनताको हितमा धार्मिक सद्भाव तथा सम्मान व्यवहारसहितको वृहत्तर योजना लिएर अघि बढन् सुझाव दिएका थिए ।
नेकपा माओवादी केन्द कर्णाली प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले इसाई समाजलाई धन्यवाद दिँदै प्राप्त सुझाव र शुभकामनाको अनुसरण गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारप्रति कर्णालीका जनताको विश्वासको जिम्मेवारी प्राप्त भएकोले अझबढि जनताको हित र विकासमा प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।
गत शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन सफल भएका हुन् । मतदानमा सहभागी ४ जना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसको २२ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो ।
Discussion about this post