प्रिय पास्टर तथा अगुवाज्युहरू:
देशको लागि प्रार्थना गर्न भेला हौँ। राजनीतिक अस्थिरताको अन्त्य, राष्ट्रिय एकता, निष्पक्ष चुनाव र नयाँ संविधानको लागि।
याकूव ५:१६-१८
निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्छ र यसले ठूलो काम गर्न सक्छ। एलिया पनि हामीजस्तै मानिस थिए। तीन वर्ष छ महिनासम्म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन। फेरि उनले प्रार्थना गरे अनि पानी पर्यो, पृथ्वी हराभरा भयो।
मिति: आइतबार जुन ९, २०१३; जेठ २६, २०७०
समय: बिहान १० देखि दिउँसो २ बजेसम्म
स्थान: नेपाल धर्म-शास्त्रीय सङ्घ भवन (ATEN), नयाँ बानेश्वर, बुद्धनगर;
(असमर्थताको लागि सम्पर्क फोन: ४७८४७१७; ९८४१९५७९२७ राजकुमार श्रेष्ठ)
प्रार्थना अगुवा: पास्टर रत्न चापागाई
आफू पनि आउनुहोस्, साथीलाई पनि ल्याउनुहोस्। बाइबल कलेजका विधार्थीहरूलाई पनि स्वागत छ। कृपया बाईबल कलेजका प्रिन्सिपलहरुले पनि विधार्थीहरूलाई प्रार्थनामा भागलिनको लगि उत्साह दिन “नेपाल प्रार्थना अभियान” विनम्र अनुरोध गर्दछ।
कृपया अन्तिम घडीमा नआइदिनुहोला। यसले राम्रो साक्षी दिँदैन। हस् त, आइतबार प्रार्थनामा भेटौँ।
येशू ख्रीष्टमा,
राजकुमार श्रेष्ठ
नेपाल प्रार्थना अभियान समितिको आज्ञाले
Discussion about this post