सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोका कारण विस्थापित बाह्रविसे नगरपालिका वडा नं. ७ घुम्थाङका ८० धरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको छ ।
सिन्धु इसाई केन्द्रको समन्वयमा समारिटन पर्स यूएसएको विशेष सहयोगार्थमा नेपाल ख्रीष्टिय राहत सेवा, नेपाल ख्रीष्टियन समाज, नेपाल बप्तिष मण्डली परिषद्, एन.सि.पि.एम. को समेत सहयोगमा बिहीबार राहत सहयोग वितरण गरिएको हो ।
बाढीपहिरोबाट विस्थापित भिरखर्कका ५०, नागपुचेका ८ र भिरथाप्लोका २२ घरपरिवारलाई बाह्विसे नगरपालिका उपमेयर सुशिला पाख्रीन, सहयोगी संस्थाका प्रतिनिधि सहितले सहयोग वितरण गर्नुभयो । सहयोग पाएपछि बाह्विसे भिरखर्कका विस्थापति अमृत प्रधानले थप सहयोगका लागि आग्रह गर्नुभएको छ ।
सहयोगी संस्था नेपाल ख्रीष्टिय राहत सेवाले विपद्मा आशा र पुर्नस्थापना भन्ने मुख्य लक्ष्यका साथ बाढीपहिरोबाट प्रभावितहरुको जीवनमा थोरै भएपनि आशा र खुशी ल्याउने संकल्पले राहत वितरण गरिएको बताउनुभयो ।
संस्थाले पछिल्लो समय बाढीपहिरोबाट विस्थापित धेरै जिल्लाहरुमा राहत सहायता पु-याउने काम गर्नुका साथै कोभिड-१९ ले गर्दा निकै समस्यामा परेका अति अशक्त, असहाय, विपन्न परिवार, आर्थिक अवस्था नाजुक भएका दैनिक ज्यालादारी तथा निर्माण मजदुरहरु निरन्तर सूचना प्रवाह गर्नुहुने पत्रकार लगायतका धेरै व्यक्ति तथा परिवारहरुलाई सहायता पु-याएको जानकारी दिनुभयो ।
Discussion about this post