अमृत बि.क., बोस्टन, अमेरीका। कोरोना भाइरसको त्रासले मानिसहरु आफ्नै घरको चार दिवारभित्र वन्धक बनेका छन । परिस्थतिको बन्दी बनेका हर कोहि, मनको तराजुमा आफ्नै जीवनको तौल जोखिरहेका छन । विगत, वर्तमान र भविष्य केलाईरहेका छन । उनिहरुसंग केहि अधुरा सपनाहरु छन जो भविष्यमा पुरा गर्न चाहन्छन र त्यो भविष्य कतै कोरोनाको कहरले अपहरण गर्ने त होइन भन्ने डर छ । सन्सारभर फैलिएको महामारीले लाखौंको संख्यामा मानिसहरु संक्रमित भएका छन, हजारौंको संख्यामा मरिरहेका छन । यो किन भइरहेकोछ, अव के होला, कहिले साम्य होला आदि इत्यादि सवालहरु मनिसका मस्तिष्कमा घुमि रहेका छन । मानिसहरुसंग केवल प्रश्नहरु छन, उत्तरहरु छैन । चौतर्फी प्रश्नहरुको सञ्जालमा वन्धक बनेका मानिसहरु, छुटकारा दिने उत्तरहरुको पर्खाईमा वसेका छन । हालसम्म विज्ञान निरिह छ । विज्ञानसंग समस्यालाई व्यवस्थापन गर्ने उपायहरु छन तर समाधान छैन । उसले त्यो हैसियत प्राप्त गर्ने वेलासम्म धेरै मानविय क्षति भइ सक्नेछ ।
ईसाई जगतभित्र हालको महामारीलाई विभिन्न दृष्टिकोण हेरिएको छ । कसैले यसलाई अन्तिम दिनको चिन्हका रुपमा व्याख्या गरेका छन भने कसैले परमेश्वरको क्रोधका रुपमा व्याख्या गरेका छन । यी दुवै दृष्टिकोण हाम्रा अनुमानमा आधरित धारणा हुन । एक अर्थमा प्रश्न हुन उत्तर होइनन् । किनकी मानिसको सिमीत समझले परमेश्वरको असिमीत योजनालाई वुझने हैसियत राख्दैन ।
मानव इतिहांसलाई हेर्न हो भने पहिलो शताब्दी यताको दुइ हजार वर्षमा विश्वले हालको कोभिड १९ लगायत लगभग विसवटा महामारीको सामना गरिसकेकोछ । जुन महामारीहरुमा लाखौंको संख्यामा मानिसहरुको ज्यान गएकोछ । विसौं शताब्दी यता मात्रै नौ ठुला महामारी आएका छन । १९१८ को स्पेनिस फ्लू विसौं शताब्दी यताको सवै भन्दा ठुलो महामारी मानिन्छ । सुंगुरवाट मानिसमा सरेको भाइरसका कारण स्पेनवाट फैलिएको स्पेनिस फ्लू ले झण्डै पांच करोढ मानिसको ज्यान लिएको थियो । १९५७ मा चीनवाट फैलिएको एशियन फ्लू ,१९६८ को हङकङ्ग फ्लू, १९८१ वाट शुरु भएको एच.आइ.भि, २००२ को सार्स, २००९ को स्वाइन फ्लू, २०१४ को इवोला, २०१५ को मर्स जस्ता माहमारिले विश्वलाई नराम्ररि तर्साएकोछ । हालको कोभिड १९ को महामारी विश्वव्यापि फैलिइएकोछ यसको नियञ्त्रण नहुन्जेल धेरै मानविय क्षति हुने अनुमान गरिएकोछ ।
महामारी र महाविपत्तिहरु आइ पर्दा मानिसले परमेश्वरतिर प्रश्न तेस्र्याउंछ , प्रभु यस्तो विपत्ति किन ? । सृष्टि गर्नु हुंदा परमेश्वरले मानीस भन्दा पहिले इकोसिस्टम अर्थात पर्यावरणको सृष्टि गर्नु भयो (उत्पति १:२०,२६)। हावा, पानी, वनस्पति, समुन्द्रिक जिव जन्तुहरु, स्थलमा वांच्न पशु प्राणीहरु, आकाशमा उडने पक्षिहरु, घरमा पालीने देखि जंगली जनावरहरु । सवैका जातहरु प्नि छुट्टयाइदिनु भयो । सवैलाई फल्दै फुल्दै वृद्धि हुदै जाने आशिष दिनु भयो । फुल्दै फल्दै र वृद्धि हुदै जानु भन्नुको अर्थ नै इकोसिस्टमलाई सञ्तुलन राख्दै उहांको सृष्टिको निरन्तरता रहोस भन्ने चाहना हो । उहांले सृष्टि गर्नु भएका साना साना सुक्ष्म जिव देखि भिमकाय जनावरहरुको इकोसिस्टमलाई सञ्तुलनमा राख्न त्यतिकै महत्वपुर्ण भुमिका छन । मानीसको सृष्टि गर्नु भए पछि समुन्द्रका माछाहरु,आकाशका पंक्षिहरु तथा पृथ्वीका सवै जिवित प्राणीहरुमाथि अधिकार गर भन्नु भयो (उत्पति १:२८) । जव अधिकारको कुरा आउंछ त्यहां जवाफदेहिता र उत्तरदायित्वको पनि कुरा आउंछ । तर मानिस जाती स्वार्थी, आत्मा केन्द्रित र उपभोक्तवादी वन्दै गयो उसले अधिकार गर्न त जान्यो तर जवाफदेहिता र उत्तरदायित्वलाई भुल्दै गयो । परमेश्वरको सञ्तुलित सृष्टिका विरुद्धमा उसका गतिविधिहरु हावी हुंदै गए र हाल मौसम परिवर्तन तथा ग्लोवल वार्मिङ जस्ता समस्याहरुसंग जुधि रहेकोछ ।
सन्सारमा पटक पटक माहमारी निम्त्याउने भाइरस र जिवाणुहरु जनावरवाट मानिसमा सरेका कारण भएका छन । उदहारणका लागि एचआइभि, चिन्पाञ्जी वाट, स्वाइन फ्लू सुंगुरको वाट, सार्स,मर्स इवोला र हालको कोभिड १९ चमेरोवाट । लेवीको पुस्तक ११ अध्याय मा परमेश्वरले शुद्ध र अशुद्ध खानेकुराको वर्गिकरण गरिदिनु भएकोछ । उहांले खान हुने र खाना नहुने पशु पञ्छी वर्गिकरण गरिदिनु भएकोछ । परमेश्वर जान्नु हुन्थ्यो कि खाना नहुने पशु पञ्छीहरुमा यस्तै महामारी फैलाउने भाइरस रहन्छन । यी प्राणीहरु खांदा र उनिहरुको संसर्गमा जांदा यदि सावधानी अपनाइएन भने महामारी फैलाउने भाइरस मानीसमा सर्न सक्ने सम्भावनाले नै परमेश्वरले यी खाना मनाहि गर्नु भएको हुन सक्छ । लेवी ११ः१९ मा प्रष्ट रुपमा चमेरो नखानु भनिएकोछ । त्यहि चमेरोलार्ए उपभोगका लागि वेच्न राखेर फैलिएको माहमारीलाई मानवले निम्त्याएको विपत्ति भन्नेकी परमेश्वरको क्रोध भन्ने ? यो प्रश्न मानिसले आफैंलाई सोध्ने प्रश्न हो ।
मान्छे र उसको परिधि असिमीत छैन । परमेश्वरले मानिसलाई अदनको वगैंचाका सवै फलहरु खाने छुट दिनु भए पनि असल र खरावको ज्ञान छुट्टयाउने रुखको फल नखाने आज्ञा दिनु भएको थियो । त्यो मानिसका लागि सिमितताको सिमारेखा थियो । तर मानिसको असिमित लोभले उक्त सिमारेखालाई पार गरेका कारण, उ पापमा पतित भयो, श्रापित भयो र उसको जिवन कांडा र सिउंडीहरुसंग पैठेजोरी गर्दै यहांसम्म आएकोछ (उत्पति २:१६,१७ ३:११,१८) । इस्राइलीहरुलाई मिश्रदेखि प्रतिज्ञाको भुमिसम्म डोरयाउने जिम्मा पाएका परमेश्वरका प्रिय पात्र मोशालाई परमेश्वरले चट्टानलाई हुकुम गर पानी निस्कनेछ भन्नु भएको थियो । तर इस्राइलीहरुको गनगनका कारण रिसले चुर भएका मोशाले चट्टानलाई हुकुम गर्नको सट्टा दुइ पटक लौरो वजारे । पानी त आयो तर उनले परमेश्वरले भन्नु भएको भन्दा फरक गरे (गन्ति २०:८,९,११) । परमेश्वरले खिचि दिनु भएको सिमीत रेखा पार गरेकै कारण उनको प्रतिज्ञाको भुमि तर्फको यात्रा छोट्टियो । फल स्वरुप उनले प्रतिज्ञाको भुमि देख्न पाए तर टेक्न पाएनन् । मान्छेलाई दिइएको सिमीत परिधी भन्दा वाहिर जति तन्किन खोज्छ झन खुम्चिन्छ । त्यो नै सत्य हो । चाहे न्यायकर्ता हुन या राजा वा अगमवक्ताहरु, सवैले त्यहि अवस्था भएर गएका छन । उनिहरुलाई जे नगर्नु भनिएको थियो त्यहि गरेका छन । त्यहि अनुरुपको परिणाम भोगेका छन ।
कोभिड १९ लाई चेतावनीको सुचक, पाठ सिकाइ र अवसरका रुपमा मा पनि लिन सकिन्छ । जो हाम्रा आफनै क्रियाकलाप र गतिविधिहरुसंग दांजेर हेर्न सकिन्छ । विशेष प्रभाव क्षेत्रका रुपमा रहेका चीनको वुहान , दक्षिण कोरिया, इटली र त्यसका वरिपरिका देशहरु अनि अमेरिका लाई सिकाइ र अवसरका रुपमा लिन सकिन्छ ।
चीनको वुहान कोरोनाका मुहान वन्यो । चीनमा ईसाईहरुको संख्या दश करोढ पुगेकोछ र २०३० सम्म पच्चिस करोढ पुग्ने अनुमान गरिएकोछ । ईसाईहरुको संख्या वढेसंगै सतावट पनि वढेकोछ । वर्तमान राष्ट्रपति सि चिन फिङ लाई माओ पछिका कट्टर इसाई विरोधि नेताका रुपमा हेरिन्छ । २०१९ लाई चिनीयां ईसाईहरु सतावटका हिसावले खराव वर्षको रुपमा लिन्छन । वुहानमा गत अक्टोवरमा वल्र्ड आर्मी गेम सञ्चालन भइ रहंदा ४० वटा चर्चहरु भत्काइएका थिए । कोरोनाको महामारीलाई रोक्न सरकारले जारी गरेको कष्टपुर्ण लक डाउनमा वुहानका विश्वासिहरुले प्रार्थना र अनलाइन संगतीमा लागिरहे । “कठिन परिस्थतिका वावजुत पनि वुहानका चर्चहरुले परमेश्वरको अनुग्रहको साक्षि दिन पछि परेनन्” वुहान स्थित रुट एण्ड फुट चर्चका पास्टर हुवाङ लि सर्गव भन्दछन ।
वुहानका ईसाईहरुको गवाहिले चिनीयां ईसाईहरुलाई अझ वढि प्रेरणा मिलेको हुनु पर्छ ।
दक्षिण कोरियामा सिन्चियोन्जि नामक झुठो शिक्षाको चर्च, कोभिड १९ फैलावट को इपिसेन्टर वन्यो । दक्षिण कोरियामा धेरै झुठा शिक्षाका कल्टहरुको जन्म भएकोछ । हाल सिन्चियोन्जि र त्यसका संसथापक धार्मिक अगुवा लि मान हि निकै आलोचित भएका छन । सम्भवत यो घटनाले कोरियनहरुले झुठा शिक्षा र यसका सञ्जालहरुवाट वच्ने सर्तकता अपनाउनेछन ।
सन ६४ एडी को जुलाई महिनामा रोम जलिरहंदा, रोमवासिहरु पिडाले रोइरहेका थिए तर दुष्ट सम्राट निरो वांसुरी वजाएर तमासा हेरिरहेका थियो । रोम जल्नुको दोष ईसाईहरुमाथि थोपरेर उसले चरम यातना दिन थाल्यो । रोमी साम्रज्यमा सतावटको सिलसिला तेस्रो शताब्दी सम्म जारी रहयो । चौथो शताब्दीमा सम्राट कन्टेष्टाइनले क्रिष्टियनिटीलाई राज्यको धर्मका रुपमा घोषणा गरे पछि इसाई इतिहांसको सुनौलो अध्याय शुरु भएको थियो । रोम युरोपियन क्रिस्टियानिटीको उदगम भुमि हो, प्रेरित पावलको जन्म भुमि हो । आज त्यहि रोम पुन रोइरहेकोछ र उसंगै अन्य युरोपेली मुलुकहरु पनि रोइ रहेकाछन । क्रिस्चियन इतिहांसको पर्याय वनेको युरोपसंग धर्म त छ तर विश्वास छैन, मण्डली भवनहरु त छन तर त्यहां उपस्थिती हुने विश्वासीहरुको संख्या छैन । पश्चिमी युरोपका १५ देशहरुमा ७१ प्रतिशतले आफुलाई क्रिस्चियन भन्छन तर जम्म २२ प्रतिशत चर्च जान्छन । यो दुखद घडिमा इटली लगायत युरोपवासिलाई आफ्नो इतिहांस सम्झने,परमेश्वरतर्फ फर्कने र आगमि पुस्तालाई वाटो देखाउने अवसर हुन सक्छ ।
परिवार, परमेश्वर र राष्ट्र अमेरिकी समाजको गौरव र जुडियो ख्रिष्टियन राष्ट्र, अमेरिकी पहिचान हो । तर यसको मुलभुत मर्मलाई लत्याउंदै अमेरिकी समाज उदारवादको नाममा आफ्नो परम्परागत गौरव र पहिचान विर्सदै गएको अवस्था हो यो । परमेश्वरले अमेरिकालाई दिनु भएको सम्वृद्धिको आशिषलाई उपभोग गरिरहेको हालको पुस्ताले परमेश्वरलाई भने इन्कार गरिरहेकोछ । हालसम्म विश्वको सवै भन्दा शक्तिशाली राष्ट्र मानिएको अमेरिकालाई कोभिड १९ संग लडन हम्मे हम्मे परेकोछ । अमेरिका सवै भन्दा प्रभावित राष्ट्र भएकोछ । जहां कम्तिमा पनि एकलाख ज्यान जाने तथ्यांक प्रस्तुत गरिएकोछ । राष्ट्रपति ट्रम्पले खराव समयको सामना गर्नका निमित्त तयार रहन जनतालाई आव्हान गरेका छन । यो दुखद घडिमा अमेरिकीहरुले परमेश्वरलाई गुहारेको तथ्यांकहरु आइरहेका छन । म्यकलफ्लिन एण्ड एसोसियट्स नामक एक प्रतिष्ठित सर्वेक्षण संस्थाले हालै सार्वजनिक गरेको राष्ट्रव्यापि तथ्यांकमा ४४ प्रतिशतले अमेरिकीहरुले हालको परिस्थिती परमेश्वरतर्फ फर्कनका लागि चेतावनीको घण्टि भनेका छन । उक्त तथ्यांक अनुसार आफुलाई गैर ईसाई मान्ने मध्येका पांच जनामा एक जनाले बाइबल पढन थालेको, अनलाइन वचन र भजनहरु सुन्ने गरेको परिवार र साथीभाइहरुसंग बाइबल र यसभित्र गरिएका भविष्यवाणिहरु प्रति चासो राखेको वताएका छन । ईसाईहरु पनि पहिले भन्दा वढि प्रार्थना गर्ने, बाइबल पढने र भजन सुन्ने गरेको तथ्यांकले देखाएकोछ । आफुलाई सेकुलर भन्नेहरु पनि विश्वासमा ढल्किरहेको तथ्यांक प्रस्तुत गरिएकोछ । यो विपत्ति पछि अमेरिकी र युरोपेली समाजले आफ्नो इतिहांसलाई फर्केर हेर्ने प्रवल सम्भानाको आशा गर्न सकिन्छ।
यी घटनाक्रमहरुलाई मध्यनजर गर्ने हो भने मानीसहरु डरमा वांचिरहेका छन र हामीहरुको काम भनेको उनिहरुको डर, विश्वासमा वदलियोस भनेर प्रार्थना गर्ने र हामि आफैं पनि विश्वासमा वलियो हुने र हाम्रा भावि पुस्तालाई परमेश्वरको प्रेमका वारेमा सिकाउने हो । विद्यमान विपत्तिलाई परमेश्वरको क्रोध र अन्तिम दिनको चिन्ह भन्दा पनि मानव जगतलाई सुध्रने अवसरका रुपमा लिन सकिन्छ ।
Amrit BK, Boston USA
04/01/2020
Discussion about this post