भबिष्यका कृषि पर्यटन उद्धमीहरुको बिकाशका लागि स्टे इन फर्म को आयोजन र हासेरा को सहयोगमा ३ दिने आवासीय तालिम हासेरा फर्म पाताले खेत, धुलिखेलमा सम्पन्न भयो। यो तालिममा AFU, IAAS & IOE, का बिद्यार्थीहरुको सहभागिता थियो।
स्टे इन फर्म एक युथ लेड टेक कम्पनी हो, जसले आइटीको प्रयोगले कृषि पर्यटनको प्रवर्धन गर्दै आइरहेको छ। यसको उदेश्य कृषक र पर्यटकको बीचको दुरी घटिरहेको छ र कृषि पर्यटन क्षेत्रमा चाहिने जनशक्ति बढाउन विभिन्न प्रकारको तालिम आयोजना गर्छ।
यो तालिममा हासेराका कार्यकारी निर्देशक र नेपालमा पर्माकल्चरको क्रान्ति ल्याउनु भएको गोविन्द शर्माले पर्माकल्चरको बारेमा तालिम दिनु भएको थियो। जसमा पर्माकल्चरको प्रयोग तेसका फाइदा र संरचनाको कुरा भएको थियो भने दुईदेले फर्मका CEO संजय काफ्लेले कृषि फर्मका आधारभूतकुरा हरु त्यसका प्राविधिक क्षेत्र र कृषि फर्म संचालन कसरी गर्ने त्यसको बारेमा कुरा गर्नु भयो। ओखरबोट अर्गानिक फर्मका CEO जोन हम्मेलले नेपालमा कृषि पर्यटनमा आधारित फर्म संचालन गर्दा त्यसका चुनौती र सम्भावनाको बारेमा कुरा गर्नु भयो। हासेरा फर्मका प्रशिक्षक बिबेक धितालले फर्मको ब्यापारिक मोडेल, पर्माकल्चर डिजाईनको बारेमा तालिम संचालन गर्नु भएको थियो। स्टे इन फर्मका प्रबन्धक निर्देशक अजय पाण्डेयले फर्मको डिजिटल र ब्रान्डको बारेमा तालिम दिनु भएको थियो।त्यस तालिममा उहाँले ब्रान्डिंगको महत्व र बजारमा ब्रान्डिंगको प्रयोगले आफ्नो छुट्टै पहिचान कसरि बनाउन सकिन्छ त्यसको बारेमा प्रकाश पर्नु भएको थियो।
स्टे इन फर्मका प्रबन्धक निर्देशक अजय पाण्डेयले भन्नु भयो हामी युवाहरुको कृषि पर्यटन क्षेत्रमा रुचि देखेर धेरै नै खुसि छौँ। हाम्रो देशमा आउने प्रय्तक ले धेरै हिमाल पहाड देखे अब पालो हो हाम्रो गाउँको हाम्रो कृषिको तरिका देखाउने। स्टे इन फर्मको मुख्य उदेश्य नै कृषक र पर्यटक बिचको दुरी घटाउने र नेपालमा आधुनिक कृषि फर्मको प्रवर्धनमा सहयोग पुराउनु हो। यो हाम्रो पहिलो तालिम थियो र यसले निर्तान्तरता पाउने छ।
सहभागीहरु बाट नयाँ कृषि फर्म खोल्ने र कृषि पर्यटन क्षेत्रमा योगदान दिने बाचा सहित यो तालिम सम्पन्न भयो।
Discussion about this post