बागलुङ – चैत १८ प्रभु येशु ख्रीष्ट (इसा मसिह) को पुनरुत्थानको सम्झनामा शुक्रबारदेखि मनाउन सुरु भएको इष्टर सन्डे धवलागिरीमा पनि विभिन्न कार्यक्रम गर्दै आज सम्पन्न भएको छ। इष्टर समापनको अवसरमा आज बागलुङमा नेपाल ख्रीष्टीय बागलुङ मण्डली र नवजिवन मण्डली बागलुङले संयुक्त रुपमा विविध कार्यक्रम तथा र्यालीको आयोजना गरि बजार परिक्रमा गरेको थियो।
विहान सवेरैदेखि बागलुङ बजारका विभिन्न चोकहरुमा प्राथना गर्दै ५ बजेदेखि श्रीनगर टोलदेखि सुरु भएको र्यालीले जिपपार्क, अस्पताल रोड, ट्राफिक चोक, प्रशासन चोक, देउराली चोक, लालगुँरास चोक र पुष्पलाल चोकमा प्रवचन गर्दै पुनः श्रीनगर टोलमा पुगेर समापन भएको थियो।
प्रवचन कार्यक्रममा बोल्दै नवजिवन मण्डली बागलुङका पास्टर प्रकाश जिसीले प्रभु येशु ख्रीष्ट मृत्युबाट तेस्रो दिनमा आइतवार जिवित भइ उठेको घोषणा गर्दै मानिसहरुले मुक्ति, शान्ति र छुटकाराको लागि येशू ख्रीष्टलाई चिन्नुपर्ने बताउनुभयो। र्यालीमा विभिन्न भेषभुषामा भजन तथा गित गाँउदै नगरवासीहरुलाई विभिन्न पर्चा तथा बाइबलसमेत उपहार दिइएको थियो। यस्तै, म्याग्दी ख्रीष्टीय समाजले पनि इष्टरको अवसरमा आज बेनीमा कार्यक्रम गरेको छ। समाजले विभिन्न भजन तथा गितहरु गाँउदै र र्यालीसहित बेनि बजार परिक्रमा गरेको दर्शन मण्डली बेनीका पास्टर सुर्य तिलिजाले जानकारी दिनुभयो। तिलिजाले गाँउ-गाँउका अन्य मण्डलीमा समेत विविध कार्यक्रम गर्दै र प्रभु येशू ख्रीष्ट जिवित भइ उठेको घोषणा गर्दै इष्टर मनाएको जानकारी दिनुभयो।
Discussion about this post