आजको संसारमा उपलब्ध भएको संचार सुविधामा असल र खराब दुबै कुरा पाउन सकिन्छ। अब कुन चाहीँ प्रयोग गर्ने र्इमेलले गर्दा संचार छिट्टो, छरितो र सजिलो भएको कारण अब हातले चिट्ठी लेख्न नै छोडिसकेको हामी सहसुस गर्दछौं इन्टरनेटले संसारलाई सोच्नै नसक्ने गरी साँघुरिएको हामीले पाएका छौं। मोबाइल हरेक व्यक्तिको हातमा देखिन्छ, सुबिधा भएको छ तर के यो सबैजनाले एक दुइ तीन वटासम्म एकै जनाको हातमा देख्दा म आफैलाई सोध्छु।
यसको आवश्यक छ ? परिवारका सदश्यहरुका हातमा हरेको एकजनाको एउटा भन्दा बढि सिम प्रयोग गरीरहेका छौं। के मेरो, परिवारको, समाजको, सँस्थाको र देशको आर्धिक अवस्थाले सुहाउँछ। आवश्यक हो यसबाट उपलब्धि के भएको छ ? यी सबै मोबाइलको लागि लाग्ने खर्च कहाँबाट आउँदैछ ? मैले कमाएको मैसाले मेरा सपरिवारको रिचार्ज, विल पुगेको छ, वा पुर्खौली सम्पत्तिले यो खर्च गरिरहेको छु। आज हामी हरेकले आफैलाई सोध्नु परेको छ। मोबाइले सेट प्रत्येक हप्ता नयाँ नयाँ बजारमा आएका छन्। लिउ लिउ लाग्छ र जसरी भए पनि लिए कै हुन्छ। यो कुरा हरेक ब्यक्तिले सोच्नु पर्छ।
अर्को खतरा युक्त प्रयोग। हामी लगातार ट्राफिक प्रहरिले गर्नु भएको सूचनाको पूरैवास्ता गरिएको छैन। मोबाइल प्रयोग गर्दै सवारी साधन चलाउँदा निश्चय यो खतरा छ। संचारमा सँधै असल मात्र आउँछ भन्ने छैन, कुने खराब समाचार आएमा ड्राइभर असन्तुलन हुनु हुने नै छ। असन्तुलित अवस्थामा हाकिएको सवारी साधन र यात्रुहरुको जिम्मा कसले लिने ? मोबाइलमा हातमा प्रयोग होस् या नहोस सवारी साधन चलाउँदा फोनको प्रयोग नगर्नु बुद्धिमानी हो। अर्को खतरा तपाईले देख्नु भएको छ ? केहि युवाहरु पत्रिका पढ्दै हिड्ने, धेरै ब्यक्ति चाँहि मोबाइलमा च्याट गर्दै हिड्नेहरुको समुह ठूलो छ जसले मोबाइलमा च्याट गर्दै हिडेको मैले देखेको छु। उनीहरुको आँखा मोबाइलमा च्याट गर्दै हिडिरहेका हुन्छन्, बाटोमा हुँदैन, मानिसहरु आईरहेका हुन्छन्, हेर्दैनन्, गाडी, मोटरसाइकलको पनि वास्ता गर्दैनन्, ठक्कर दिएमा के होला ? मानिसहरुसँग ठोक्किदा आइ.एम.सरी भन्यो हिड्यो। कसतो किसिमको प्रविधि आयो संसारमा जसले गर्दा मानिसहरुलाई पागल नै बनाउने ?
हामी मानव कस्ता छौं भने जुन कुरा नगर्नु भन्यो त्यहि चाँहि पहिले गर्नु पर्ने। परमेश्वरले जुन कुरा नगर्नु भन्नु भयो त्यहि गरी पापमा परे। चोर्नु, मार्नु भन्दा परमेश्वरको आज्ञा नमान्नु नै पाप हो। जसरी शुरुको मानिसलाई परमेश्वरले भन्नु भएको थियो “तर असल र खराबको ज्ञान दिन रुखको फलचाँहि नखानु, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।” उत्पत्ति २:१७, तर मानिसलाई जे नगर्नु भनिएको छ, त्यहि गर्नलाई हतार गर्छ। “जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेनमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नु पर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।” उत्पत्ति ३:६।। यसरी संसारमा पाप प्रबेश भयो। यसरी नै आजका हामी प्रयोग गरिरहेका प्रविधिमा पनि असल र खराब कुरा पाउन सकिन्छ। पहिले खराब कुरा गर्नलाई नै अघि बढ्छौं। हरेक कुराको दोहोरो भाग छ कालो र सेतो, राम्रो र नराम्रो, असल र खराब, मिठो र नमिठो, नरम र खस्रो आदी इत्यादि। नयाँ प्रविधिले हामीलाई सजिलो र छिट्टो हुने उपया यन्त्र मार्फ पाइन्छ तर त्यहाँ राम्रो र नराम्रो दुबै राखिएको छ यो छान्ने काम मेरा र तपाईहरुको हो। हामी के रोज्ने। संसारमा पाप छ अधर्म छ, धर्मि पनि छ। यी सबै खराबी हुँदा पनि परमेश्वरले सबै खराबीबाट बचाउँनलाई येशू ख्रीष्टलाई यस संसारमा पठाउनु भयो र येशूमा विश्वास गर्नेलाई सबै पापबाट उद्धार छ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि बिश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। यूहन्ना ३:१६) परमेश्वर कोही पनि नाश भएकोमा खुशि हुनुहुन्न तर सबैले उद्धार पाएकोमा खुशि हुनुहुनेछ। यसकारण हामी नराम्रा कुराहरुको खोजि होइन तर असल कुराहरुको खोजी गरौं र त्यसको अनुकरण गरौं। धन्यवाद।।
टेक भण्डारी
ललितपुर कुपण्डोल
Discussion about this post