यो देशमा पैसा नभएको होइन तर यसलाई परिचालन गर्ने अवस्थालाई सरकारले बातावरण बनाउन नसकेको कारण हो यो । एक दलको सरकार हुन्छ तर उसले एक्लै गर्न सक्दैन किनकी अरु दलका नेता कार्यकर्ताहरुले शुरु गर्छन् बन्द हडताल ।
आजका यूवा र भोलीको नयाँ नेपाल
यो देश कसैले माया नगरेको पखेरो जस्तो लाग्छ मलाई । यो देशमा कुनै नियम कानून छैनन् भएका पनि पालन गरिदैंन । देशमा विजुली छैन जो संसारको दोस्रो जल विद्युत उत्पादन हुन सक्ने देश भनिन्छ । तर दिनमा १६-१८ घण्टा अन्धकारमा बस्नु परको छ । राष्ट्रिय जल विद्युत निति नियम कहाँ छन् यसको कार्यन्योयन गराउने कसले हो – सरकार भनेको जुन दलको आए पनि उस्तै हो तर मुख्य काम गर्नु पर्ने स्थायी सरकारले नै हो । राजधानी जस्तो ठाउँमा खानेपानी छैन, हाम्रो सरकार आए हामी यो देशको समस्य समाधान गर्र्छौ भन्छन् तर गरेनन् कसको आशा गर्ने यो देशका सोझा जनताले – अब के हुदैन भने यूवापुस्ता विदेशीय पछि यो देश निर्माण कसले गर्छ – स्कूल कलेज राम्रो सुचारु हुदैनन् पढ्न त पर्यो अलिअली पढाउन सक्ने र भनसुन गरी सरकारी स्कलरसिप पाउँन सक्नेहरुले लिए र विदेशिय पढे त्यहाँको नियम कानुन र पैसाको कारण किन नेपाल जाने काकाकुलको देशमा अन्धकारमा बस्न । उनीहरुले उतै काम खोजे बसे केहि अर्ध शिक्षितबर्ग पनि यहाँको घर खेत बेचेर रोजकारीको शिलसिलामा विदेशिय र सरकार उनीहरुले पठाएको रेमिटेण्ट -पैसा) ले देश चलेको छ भनेर मख्ख छन् ।
उद्योग धन्दा चलाउन नसक्ने होईन यसको लागि बातावरण खोई – विजुली छैन, कर्मचारीहरु काम नगरी तलब भत्ता खान चाहन्छन्, नदिए बन्द हडताल कसरी लगानी गर्छन् उद्योगपतिहरुले । यो देशमा पैसा नभएको होइन तर यसलाई परिचालन गर्ने अवस्थालाई सरकारले बातावरण बनाउन नसकेको कारण हो यो । एक दलको सरकार हुन्छ तर उसले एक्लै गर्न सक्दैन किनकी अरु दलका नेता कार्यकर्ताहरुले शुरु गर्छन् बन्द हडताल । अब कसरी बन्छ नयाँ नेपाल भाषणमा मात्र कुरा गरेर बन्छ नयाँ नेपाल कि यथार्तमा बनाउन पर्ने हो – शिक्षित बर्ग विदेशिय अर्ध रोजकार विदेशमा अनि कसरी र कस्तो नयाँ नेपाल बनाउने दर्शन पाउनुभएको छ हाम्रा नेताहरुले – फेरि देश ढुङ्गे युग तिर डोहोरिदै गएको अवस्थामा हामी सम्बृद्धि नेपालको कल्पना गरेका छौं । सम्बिधानको कुरा मेरो आशा छ ५ बर्षा बलजब्त तयार होला तर यसमा पनि जनताको मौलिक हक पर्छ भन्ने शंकै छ यदि परेछ भने पनि उपभोग गर्न पाउने आशा छैन कारण जो निम्न बर्ग हो उनीलाई साथ दिने कसले – बन्द हडताल र सभा जुलुस नगरी कसैले यहाँ कुनै सेवा सुविधा पाएको निकर्ड छ – फेरि ति निम्न बर्गले पाउने सेवा सुविधा उच्च बर्गबाट काटिएर आउने हो के ती बर्ग जसले हाली मोहली गरी बसेका थिए सजिलै आफ्नो भाग काटेर निम्न बर्गलाई देलान् – सम्बन्ध पहिले मानिसको हृदय परिवर्तन हुनुपर्छ मानिसको हृदय परिवर्तन गराउने परमेश्वरले मात्र हो । टेक भण्डारी गोरखा, हाल ललितपुर
Republished in new layout 5/31/2013
Discussion about this post