हाम्रो देश नेपाल कस्तो हुनलाग्यो कुन्नी? मलाई सारै खुशिलागेको थियो जब विद्यार्थीहरुले अब हामी एक भएर यो देशको निर्माण गर्नु पर्छ भनेको सुन्दा। किनकी हाम्रा राजनैनितीक नेताहरुले आ आफ्नै दलको प्रोग्रामको लागि यूवाहरु नै हतियार बनाए। तर यो भनाई केहि समयको लागि मात्र हुन्छ फेरि उहि चाल। माओवादी हामी देशभर भण्डाफोर गर्ने छौं सत्ता छोड्ने बित्तिकै। भरखरै एमालेका नेता प्रधानमन्त्रि हुनुभयो उहाँका दलको यूवाहरु र विद्यार्थी नेताहरु हामी माओवादी विरुद्ध देश भर भण्डाफोर गर्नेछौं। फेरि नेपाली काँग्रेस पनि के कम होला र? तपाईका विभिन्न दलकाको कुरै नगरौं। दलका नेताहरु नै आफ्नै दल भित्र मारामार गर्दा रहेछन् विद्यार्थी र यूवाहरुले नगर्ने कुरै नगरौं जेठा मामाको त यो चाल कान्छामामाको झन्। हे साथीहरु हामी यो देश निर्माण गर्ने सपना छ कि खाली सत्तामा कसरी पुग्ने भन्ने मात्र हो?
यस्ता कुराहरु मन नपराउनेहरु विदेशीय देश बाहिर गएकाहरु फेरि नेपालमा आएर काम गर्लान् जस्तो मलाई लाग्दैन। किनकी काम गर्नेलाई त्यहाँको उच्च तलब चाखेकाहरुलाई नेपालको तलब पाकेट खर्च जस्तो मात्र लाग्नेछ यसकारण उनी फर्केर यहाँ बस्ने छैनन्।
राजनिती गर्नु भनेका सत्तामा पुग्नु मात्र होकि सामाजिक सेवा हो? हरेक नेताले म सामाजिक सेवा गर्छु भन्ने अठोट गर्नुहोस्। नत्र यो देशको स्थिति अझ सारै नराम्रोसंग व्रि्रने पक्का छ। तपाईले धन त जम्मा गर्न सक्नुहोला तर तपाईका छोरा छोरीलाई यो देशका नागरिक बनाउन सक्नु हुनेछैन यदि उचित शिक्षा दिनु भएन भने।
विदेशमा गएर धन कमाएका मित्रहरु जसले विदेशको ग्रीन कार्ड वा कानुनी तरिकाले नै नागरिकता पाउँनु भएको छ। तर तपाईमा थोरै मात्र नेपाली हुँ भन्ने हृदयको कुना बाँकी छ भने जति प्रसस्त धन कमाए पनि तपाईले गुमाए कै हुनुहुन्छ किनकी तपार्इ आफ्ने जन्मभूमि मातृभूमिलाई बिहिन हुनुहन्छ, होइन र? जुन देशमा बस्ने भएको भए पनि तपाईको हातका त्यो देशको नागरिकता वा वैधानिकता छ कानुनी हिसावले तर त्यस देशका सहि नागरिकले तपाईलाई स्विकार गरिरहेका हुँदेनन् र जब (मेरा गेसमात्र) कुनै नेपालीलाई भेट्नु हुन्छ तपालाई आफ्नै दाजु भाइ दिदी बहिनी जस्तो लाग्छ कि लाग्दैन? यसैकारण तपाई एन आर एन को लागि नेपाल सरकारसंग कुरा गर्नु भएको होईन? हाम्रो पनि यो देश निर्माण गर्ने दायित्वको कुरा गर्नु हुन्छ, र आउ आउ लाग्छ होइन र?? मेरा मित्रहरु आउनोस् हामी सवै मिलेर यो देश निर्माण गरौं। नेता हुने विचारमा होइन तर नेपाल आमार्को सेवक हुन्छ भनेर आउनोस्। नेताहरु चाहिएको छैन आबश्यक्ता भन्दा बढि भइ सकेका छन्। टेक भण्डारी
Republished in new layout 5/30/2013
Discussion about this post