• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अस्त व्यास्त नेपाल

by Tek Bhandari
June 2, 2013
in Articles

अर्को विषय नेपालका टप नेता भनिएकाहरुको बोलिमा सुधार भएमा कसो होला?  भेट्दा हात मिलाउँने र अङ्कमाल गर्ने तुरुन्तै एकले अर्कोलाई हेपाह भाषाको प्रयोग गर्ने। विशेषगरी कम्युनिष्ट नेताहरुको भाषण सुन्दा यस्तो लाग्छ मलाई तपाईहरुलाई कस्तो लाग्छ?

 


अस्त व्यास्त नेपाल

“परमप्रभुको भय नै ज्ञानको शुरु हो, तर मुर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हितोपदेश १:७।” नेपालमा भई रहेका घटनाहरुले के देखाउँछ भने अबको कानुन र्सवस्वो सहितको जन्म कैदले पनि पुग्दैन जस्तो लाग्छ। किनकी अधिकारवालाले पैसाको आडमा केहि समय पछि कैद मुक्त हुनेछ।   मानवअधिकारबादीहरुको भाषामा मानवले बाँच्न पाउनु पर्छ भन्छन्, एक जनाको बाँच्न पाउने अधिकारीले कति जनाको जीवन नष्ट पारेको छ – जीवन नष्ट हुनेहरुको मानब अधिकार खोई?  न्याय विगार्ने, अपहरणकारी, मानव बेच्ने, लागु पदार्थको कारोवार गर्ने, र यस्तै काम गर्ने ब्यक्तिहरुको लागि मानव अधिकारवादीहरुको के सल्लाह होला?

अर्को कुरा संचार माद्यममा आइरहेका विषय हो, तेस्रो लिङ्गेलाई समाजले अपहेला गर्न हुँदैन सहजै स्वीकार गर्नु पर्छ तर समलिङ्गीलाई समाजले र कानुनले मान्यता दिनु हुँदैन यो सरासर प्रकृति विरोधी हो परमेश्वरले पनि यसलाई मान्नु हुन्न किनकी उहाँले नर र नारी गरी सृष्टि गर्नु भएको हो। सृष्टिको विरुद्ध कसरी जानु हुन्छ? र हाम्रा दाजु भाइ दिदी बहिनीहरु कसरी लाजै नमानी म समलिङ्गी भन्न सकेका होलान्?

अर्को विषय नेपालका टप नेता भनिएकाहरुको बोलिमा सुधार भएमा कसो होला? भेट्दा हात मिलाउँने र अङ्कमाल गर्ने तुरुन्तै एकले अर्कोलाई हेपाह भाषाको प्रयोग गर्ने। विशेषगरी कम्युनिष्ट नेताहरुको भाषण सुन्दा यस्तो लाग्छ मलाई तपाईहरुलाई कस्तो लाग्छ?

अब केहि समय सडकबाट ट्राफिक प्रहरी हटाउने, जनपथ र सशस्त्रले पनि झगडा नछुटाउने। किनकी, सवारी चालकको गल्ती सुधार्नलाई ट्राफिकले कारवाई अघि बढायो भने चालकहरुले सडकमा गाडी तेर्स्याई दिने, झगडा मिलाउन र दण्ड सजाय दिन लाग्यो भने पनि जनता उठी केहि गर्न नदिने अवस्था भएको कारण, यसअवस्थामा सबैलाई खुल्ला छोडि दियो भने धेरै मर्छन् र सबै ठाउँमा अस्तव्यास्त हुन्छ अनि कानुन चाहियो हामीलाई। तपाईको नियम मान्न तयार छौं भन्ने अवस्थामा पुग्न दिए कसो होला?

नयाँ नेपाल भनेको पुरानोलाई दोहोरिन नदिने होला। यसकारण पहिले निर्वाचित मन्त्रिहरु हुन्थे अव पर्दैन होला। अब जुन जुन पार्टी सरकार हुन्छ त्यसका केन्द्रिय सदश्यसम्मलाई एक एक महिनाको मन्त्रि बनाउनु भए राम्रो हुन्छ यस्तो भयो भने मन्त्रालय टुक्य्राउन पर्दैन। अब देखि चुनाबको पनि आवश्यक पर्दैन जस्तो लाग्न किन चुनाबमा त्यति ठुलो खर्च गराउनु पर्दैन, त्यो पैसा जोगाएमा देशको विकासको त आशा छैन। तपाई नेताहरु, मन्त्रिहरु, उच्च पदस्त कर्मचारीहरुलाई तलब भत्ता बढाउन सक्नु हुनेछ अधिकार तपाईहरुकै हातमा हो क्यार।

परियोजना समयमा पुरा हुँदैनन्, महँङ्गा हुन्छन् किन? किन भने बर्षा २ – ४ पटक मन्त्रिहरु फेरिन्छन् ८० लाखका गाडीहरु चाहिन्छन् ती सवै जसो परियोजाका नै हुन्छन् भने परियोजना कसरी सस्तो हुने फेरी नयाँ नेपालमा? मन्त्रिहरु प्राय सबैलाई आफुले चढेका गाडी सत्ता पद छोडे पनि सुविधा छोड्नु भएन। नयाँ हुने मन्त्रिले अर्कोले चढेको गाडी, चलाएका समान चलाउन भएन, उहाँले किन चलाउने पुरानो?  नयाँ पाएसम्म पुरानो कसले चलाउने? फेरी आफ्नो हो र? सरकारको, परियोजनाको, कुनै उद्योगपतिको र ब्यपारीको नै हो।

हे प्रभु ! यो देशलाई माया गर्नु नेता जन्मिएका छैनन्? यदि आजसम्म जन्मिएका छैनन् भने जन्माउनोस् प्रभु ! देशका जनता एकगाँस खान र लाज छोप्ने टालो नपाएको अवस्था छ भने राजधानीमा बसेर तपाईले सुख भोग गरेका समानहरु हेरी तुलना गर्नोस् नेताजीहरु तपाईको जीवन र दर्ुगम ठाउँका जनताको। यदि तपाईमा अलिकतिमात्र मानवता छ भने यसलाई परिवर्तन गर्नु पर्दैन नयाँ नेपाल बनाउँने भन्नेले

टि भी मा सुदुर पश्चिमका हलियाहरुको विजोक देखाएको थियो यसैहप्तामा। के त्यस्तो देख्दा यो देशमा सरकार छ र जस्तो लाग्छ। राजधानीमा बसेर नेताहरु म मन्त्रि हुनु पर्छ भन्दै भागबण्डामा नै अल्मलिएर बस्न तपाईहरुलाई लाज लाग्दैन। जसरी तपाईले राष्ट्रको ढुकुटी रित्याउँदै कर्मचारीलाई सात देखि दशलाख दिन्छौं भन्नुहुन्छ भने एक दुइ पुस्ता नै एक साहुको हलिया बसेको मानिसलाई उसको जग्गाबाट एक टुक्रा दिलाउन सक्नु भएन? हलिया मुक्त गराउनु भयो उनीहरुको बस्ने ठाउँ अझै पनि साहुको गोठ नै रहेछ। उनीहरुको एक टुक्रा जग्गा छैन कमाई खान, ती विचरा हलियाहरु कहाँजाने र के खाने? मेरो विचारमा ती हलियाहरु हाम्रै नेता, मन्त्रि, र उच्च पदस्त कर्मचारीहरुका हुनुपर्छ नत्र तिनीहरुले केहि राहत दिलाउँदा हुन्।

अर्को कुरा म माईतीघर मण्डलाबाट आउँदै थिएँ?-थापाथली हाईट्बाट ओर्लने) बाटोमा हेदा कलेजका विज्ञापन र प्रस्नपत्रहरुले छपक्कै थियो। विद्यार्थीहरु जो कलेज पढ्ने र पढाउने कलेजहरुले यस्तो लापरवाही गर्छन् भने को छ यो देशमा शिक्षित? त्यो कागतको फोहोर उठाउने को हुने? भुषण दाहालले कान्तिपुर टिभि बाट सिंगापुरको विषयमा प्रसारण गरी रहने भएको छ सिंगापुरमा कानुन नमानी धरै छैन। हाम्रो नेपालमा पनि त्यस्तो होला?

म पत्रकार होइन तर देशको अवस्थाको चासो राख्ने एक साधारण व्यक्ति हुँ, कसैलाई नचाहिदो लेखेको भएमा क्षमा पाऊ।।

अरु पछि,

टेक भण्डारी

Republished in new layout 5/30/2013

Previous Comment

don’t be surprise and diappointed
written by
prakash bagale , July 13, 2009

दुइ किसिमका बुद्धि
तिमीहरुमध्ये बुद्धिमान र
ज्ञानी को छ ? आफ्नो असल जीवनव्दारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरु देखाओस्
। तर यदि तिमीहरुका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा
अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ । यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन । तर
यो त सांसारिक, अनात्मिक र शैतानिक हो । किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा
हुन्छ, त्यहाँ भाँडभैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ ।
तर जुन बुद्धि
स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील,
कृपापूर्ण र असल फलले भरिएको पक्षपातरहित र कपटरहित हुन्छ । शान्ति कायम
राख्नेहरुले शान्तिमा छर्छन्, र तिनीहरुले धर्मिकताको फसन बटुल्छन् ।
तिमीहरुमा
लडाईँ र झगडाहरु कुन कुराले ल्याउँछ ? के यी सब तिम्रो शरीरका अङ्गहरुमा सङ्घर्ष
गर्ने अभिलाषाहरुबाट आएका होइनन् र ?
(याकूब ३: १३- ४: १)

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In