आज अचानक बत्ति आयो नआउने दिन हो। सायद एसएलसि को कारणले होला। मैलै एन.टि.भी.खोलेको डा. अरुण बुढालाई देखे। ७५ प्रतिसत सकिसकेको थियो तर जति बाँकी थियो। ध्यानसँग हेरी सुने उहाँको जिवनी र आजको डा.अरुण। नेपालमा यस्तै थुप्रै अरुण चाहिएको छ। डा. अरुणका साथीहरु कोहि बिदेशीय कोहि शहरी क्षेत्रमा छन् भने कसैले भन्छन् एक कुनामा गएर बसेको छ मुर्ख तर कसैले भन्छन् सच्चा सेवक।
म सलाम भन्छु उहाँलाई। यस्तै अरुणको खोजिमा आशा केन्द्र लागेको हो र लागिरहेछ। तर मैले आशा केन्द्रमा अरुण भेटेको छैन, परमेश्वरसँग मेरो निरन्तर प्रार्थना छ प्रभू अरुण जस्ता केटा आशा केन्द्रमा पठाइदिनुहोस् भनी। सबैजना डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेण्ट नै चाहिन्छ भनेको छैन। मालिदेखि प्रधानमन्त्रिसम्म चाहिएको छ यो देशलाई। प्रोट्याक्ट, फोकस, बिभिन्न ख्रीष्ट्रिय मिशन सँस्थाहरु, राष्ट्रिय र अन्तराष्ट्रिय गैह्र सरकारी सँस्थाहरुले पनि स्कलरसिप दिएर अरुण जस्ता ब्यक्ति बनाउन खोजेका छन्। तर प्राय के भएको छ भने शिक्षा नपाउन्जेल मात्र सेवकको स्वाँङ्ग पारेका छन् जब पढाई सकिन्छ। तब कहाँ बढि पैसा पाईन्छ भनी सके बिदेशीने नसके शहरी क्षेत्रमा आई बस्ने जहाँ बढि अवसरहरु उपलव्ध हुन्छन्। यस्तो चर्तिकला देखे पछि सहयोग गर्नेहरुलाई पनि मन लाग्दैन जसले गर्दा भोलि आउने नयाँ पिँढीको लागि समेत धोका भएकोछ। यसकारण यो देशमा असल कु्राले दिगो रुपले काम गरेको छैन। आज यो देशमा स्थायित्व चाहिएको छ।इमानदार र लगनसिल सेवकहरुको खोजिमा छ यो देश नेपाल। डा. अरुण बुढा जस्ता व्यक्तिहरु धेरै जन्मनु पर्छ र त्यस्ता ब्यक्तिहरुलाई सहायता र उत्साह दिनु पर्छ सव्य नागरिकहरुने। समता शिक्षा जस्ता शिक्षा क्षेत्र बनाउनु पर्छ यो देशमा कसले पढाउन सक्छ आजको प्राईभेट स्कूल र कलेजहरुमा – आजको प्राईभेट स्कूल कलेजमा पढेर निश्कने ब्यक्तिहरुले पैसाको चाहना राख्नु पनि स्वभाविन छ किनकी ऋण लिएर पढेको हुन्छ तिर्न बढि कमाउने ठाउँमा जानै पर्योर।
टेक भण्डारी
गोरखा हाल ललितपुर
Republished in new layout 5/30/2013
Discussion about this post