• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालको शत्रु

by Tek Bhandari
June 2, 2013
in Articles

आजको अवस्था बनाउनुमा कसको बढि र कम हात छ म र तपाई कहाँ पछौं। सबै कुरामा सरकार चलाउनेहरुकै हुन्छ। बाँकी रहेका नेपाली जनतालाई साह्रै पिडा भएको छ र आँशु बगाउदै परमेश्वरको पुकारा गरेका छन्। तर वितेका तेस्रो जनआन्दोलन भनिएको समय देखि जनताले ससंकित हुँदै झिनो ठूलो आशा लिएर सम्बिधानसभाको लागि मत दिए। तर त्यसको लगतै देखि सुरुभएको नाटक र अविस्वासले गर्दा आज यो दशा भएको हो। कसैलाई दोष्याउनु छैन मलाई तर यहाँको दिर्घ रोग भएको छ नेपाल नेपालीको शत्रु।

तपाईले नेपालको शत्रु कसलाई सम्झनु भएको छ मलाई थाह छैन तर मैले देखेको शत्रुहरु यी हुन् जस्तैः-

1.पाप, लोभ (परमेश्वरको भय नमान्नु)

2.घमण्ड, मपाईपन (मलाई सबैले मान्नु पर्छ भन्ने धारणा)

3.गरिबी, भोक (खान, लगाउन पाएको छैन यो प्राप्त गर्न जे गर्न पनि पछि नपर्ने)

4.रोग, (स्वस्थ सेवा दिन नसक्नु)

5.अशिक्षा (शिक्षालाई सस्तो सुलभ गर्न नसक्नु दुइ किसिमको नागरिक तयार हुनु)

6.अविस्वास, असुरक्ष (कसैले एक अर्कोलाई भरोसा गर्न नसक्नु)

यी सबै कुरामा मनन गर्नु होस् हाम्रो शत्रु को हो सजिलै थाह हुन्छ। जहाँ लोभ छ संगै पाप आउँछ। त्यो गर्नबाट रोक्ने परमेश्वरको भय हो, यदि छैन भने कसरी रोकिन्छ यो काम (घमण्डको कुरा म पाको व्यक्ति मलाई सवै थाह छ, अर्को मलाई धेरैले मन पराएको व्यक्ति हो, यसकारण सवैले मलाई प्रमुख स्थान दिनु पर्छ।

गरिबीको बारेमा म के भनु बोल्न सक्ने बालक देखि बृद्ध बृद्धा सबैलाई थाह भएको कुरा हो। मानिसले खान नपाएर जंगलको खान हुने नहुने खाँदा मान्छे मरेको खवरहरु पत्र पत्रिकाहरुमा नआएका होईनन्। यस्तो हुँदा पनि यो देशका नेताले वास्ता नगर्दा हाम्रा आँखा ओबानो हुने कुरै भएन। जुम्लामा मोटर पुर्‍याउँदा त्यससमय त्यहाँ भएको अवस्थाको वर्णन मैले टेलिभिजन मार्फत देखेको मात्र हो उहाँहरुलाई नै बढि थाह छ, विजय कुमारसंग तत्कालिन राष्ट्रिय योजना आयोगका सदस्य उहाँ पछि उपध्यक्ष पनि हुनु भयो उहाँका आँखा पनि नरसाएका होइनन्। देशको यस्तो अवस्था हुँदा पनि यो देशका नेताले चुनावको समयमा मात्र पुग्ने व्यक्तिहरुलाई भोट दिने म र हामी कति मुर्ख।

रोगको बारेमा के लेखुँ, शहरमा प्राईभेट अस्पताल र क्लिनिक पाईला पाईलामा भेटिन्छन् तर सामान्य नेपाली जनताले उपचार गर्न सक्ने स्थिति देखिन्न चर्को फिसको कारण। यसमा पनि सरकार कै दोष देखिन्छ कारण डाक्टर पढ्नको लागि लाग्ने रकम जुटाउनको लागि बैंकको ऋण वा चर्को व्याज लिएर बढेका हुन्छन्। डाक्टर भए पछि बिरामीको सेवा गर्नु भन्दा पहिले ऋण तिर्ने उपय तिर लाग्नु हुन्छ र पर्छ पनि। जब चर्को फिस् लिने बाँनी परे पछि उहाँहरु पनि कहाँ सेवा ग्राही हुनुहुन्छ र आफ्नो स्तर म्यान्टेन गर्न भनी चर्को रकम लिई रहनु हुन्छ। त्यतिले नपुगे देशै छोडेर बिदेशीएका पनि छन्। सरकारी अस्पतालमा के डाक्टर भेटिदैनन् भेटे पनि राम्रो उपचार पाउँनु भनेको के मानिएको नेता हुनु पर्‍यो के आफन्तै हुनु पर्छ। सुलभ उपचार नपाए पछि यसै मर्नु के भनी जे गर्न पनि पछि पर्दैनन्।

शिक्षाको बारेमा के भनुँ। सरकारी स्कूल पाठशालाहरु त केवल मालिकका घरमा काम गर्ने खान लगाउन नपाउनेहरुले पढ्ने ठाउँ भएको छ। यसमा पनि सरकार र समुदायका नेताहरु नै बढि जिम्मेवार हुनुहुन्छ। यसकारण पर्ढाई राम्रो हुँदैन बाद्य भएर प्राईभेट स्कूलमा पढाउनै पर्‍यो। आमा बुवाले कहाँबाट ल्याएर तिर्ने चर्को फिस ? यसमा सरकारको कुनै दायित्व हुँदैन र सरकार भनेको के हो र गर्छ के? यहाँको व्यवस्था राम्रो नभएर शिक्षित बेरोजगार र शिक्षित ब्यक्तिहरु असुरक्षाको कारण देश छोडि गई सके।

अविश्वास र असुरक्षाको कारणले देश ध्वाम्स भएको छ। एक दलले अर्कोलाई विश्वास छैन, आफ्नै दल भित्र एक अर्कोमा विश्वास छैन। यो अविश्वासको कुरा नेताहरुमा मात्र होइन समस्त देश भरी प्रत्येक व्यक्तिमा भएको छ। विहान घरबाट निस्केको व्यक्ति बेलुकी घर फर्कन्छ कि भन्नु पर्ने भएको छ। उद्योग धन्दा गर्नेले कसको सुरक्षामा उद्योग चलाउने। दान दिनलाई उद्योग चलाउदैनन्। केहि नाफा भयो भने चन्दा वा उटपाट हुन्छ। यसकारण उद्योगी पनि बिदेशीए। उद्योग नभए पछि बेरोजगार बढे, काम गर्ने सक्ने जति बिदेशीएकोमा सरकार हषिर्त छ किनकी उनीहरु पठाएको रेमिट्यासले देशको आर्थिक अवस्थालाई टेवा दिएको छ रे। दिनदिनै विदेशमा नेपाली जनता मरेका छन् वास्ता छैन। कसरी हुन्छ यो देशको विकास । नेताहरु भन्छन् हामी सिंगापूर वा स्विजर्ल्यण्ड बनाउँछौं भन्छन् मलाई यो चाहिएन मलाई मेरै नेपाल चाहियो ।

कसैले भन्छन् एक दिन जनता उड्छन् र यी अन्याय गर्ने व्यक्तिहरुलाई ठिक पार्छन् तर म भन्छु, अब जनता कति बाँकि छन् प्राय सबै राजनैतिक दलका कार्यकर्ताहरु मात्र छन् तिनीहरु किन उड्न र जनताको लागि । उनीहरुको विरोध कार्यक्रम आफ्नो लागि मात्र भएको देख्नुभएको छैन? हाम्रो पूर्ण आशा भरोसा परमेश्वरमा छ उहाँले नै यसलाई सम्हाल्नु हुनेछ, यहि हो मेरो विश्वास र आशा ।

धन्यवाद।

 

टेक भण्डारी

गोरखा हाल ललितपूर

२०६७ ।०४।२१

 

 teknepal@hotmail.com

Republished in new layout 5/29/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In