८ असार, २०७६ । आनन्दवन अस्पतालभित्र भएका घटनाका आधारमा लगतै नेपाली ख्रीष्टियन समुदायको आधिकारिक छाता संस्थाद्धय नेपाल ख्रीष्टियन समाज र नेपाल राष्ट्रिय मण्डली संगतिको एक संयुक्त टोलीले अस्पतालमाथि भएका घटनाबारे जानकारी लिइ आवश्यक छलफल समेत गरेको छ ।
टोलिले आनन्दवन अस्पतालमा त्यस्तो कुनै धार्मिक आस्थाका आधारमा पक्षपातरुपमा उपचार नगरिएको निष्कर्ष समेत निकालेको छ ।
गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा शनिबार छापामार शैलीमा शिब सेना र सगोरा नेपालको एक अज्ञात समूहले अस्पतालमाथि एक प्रकारको हस्तक्षेप गरेको थियो ।
नेपाल ख्रीष्टियन समाजका सचिव मुकुन्द शर्माले त्यस घटनाको घोर निन्दा गर्दै अस्पताल भित्र अमानवीय गतिविधि गरिनु र विरामी तथा कर्मचारीहरुलाई धम्काई मानसिक रुपमा यातना दिएकोले जो कोही भएपनि त्यस्तालाई कानुन बमोजिम कारवाही गरिनु पर्ने र अस्पताललाई प्रशासले कडा सुरक्षा दिनु पर्ने माग गर्नु भएको छ ।

आनन्दवन अस्पताल सन् १९५७ सालमा स्थापना भई कुष्ठरोग तथा यसबाट प्रभावितहरुको उपचारमा संलग्न मिसन अस्पताल कुष्ठरोगको उपचार सेवाको साथै नेपाल सरकारको कुष्ठरोग निवारण कार्यका लागि स्वास्थ्य सेवा विभागको अनुरोधमा प्रत्यक्ष संलग्न रहेको छ ।
Discussion about this post