• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 11, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अल्पसंख्यक नेपाली ख्रीष्टियन समुदायलाई नियोजित रूपमा बद्नाम गराउन खोज्नु दुःखद् भएकोः संघीय सांसद माननीय अतहर कमाल मुसलमान

by NC News Desk
June 18, 2019
in News & Events

२१ जेठ, २०७६, ललितपुर । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद माननीय अतहर कमाल मुसलमानले नेपालको संविधानमा देशलाई धर्म निरपेक्ष भनेतापनि अझै अल्पसंख्यक ख्रीष्टियन धार्मिक समुदायलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएको बताएका छन् ।
सोमबार सञ्चार पैरवी मञ्च नेपालको आयोजना तथा भक्तपुरस्थित  रुपान्तर नेपालको सहयोगमा आयोजित धार्मिक स्वतन्त्रता र ख्रीष्टियन मिडिया विषयक एक दिने कार्यशालामा उनले ख्रीष्टियन समुदायले यो देशमा शिक्षा, स्वास्थ्य र विकास निमार्णमा पु-याएको योगदानलाई सरकारले कदर गर्नुको साटो सोझा नेपाली ख्रीष्टियन समुदायलाई नियोजित रूपमा अनावश्यक दुःख दिँदै धर्म परिवर्तनको झुठा मुद्धा बनाई अल्पसंख्यक धार्मिक समुदायविचको आपसी सद्भावलाई विथोल्न सरकार आफै लागिपरेको आरोप लगाएका छन् ।

प्रदेश १ की प्रदेश सांसद उमिता विश्वकर्माले पत्रकारहरूले कोही कसैसँग पूर्वाग्रही नराखी निष्पक्ष भई सत्यको उजागर गरी पीडितलाई न्याय दिलाउनको लागि आफनो कलम चलाउनु पर्ने बताएकी छिन् । उनले पितपत्रकारिता देशमा मौलाउँदैँ आएकोले बाइबलीय सिद्धान्तमा आधारित ख्रीष्टियन मिडियाले राष्ट्रमा एउटा असल सन्देश प्रवाह गरी अब आफनो समुदायको आवाजलाई समेत उजागर गर्नुपर्ने बेला आएको बताएकी छिन् ।
नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले नेपालको ख्रीष्टियन समुदायले आफनो धर्मको स्वतन्त्र अभ्यास र अवलम्बन गर्न नपाएको गुनासो गरेका छन् । उनले ख्रीष्टियन समुदायलाई दिनप्रतिदिन धर्मपरिवर्तनको नाउँमा अपराधी झै पक्राउ गर्नुले नेपाली ख्रीष्टियन समुदायले असुरक्षित महशुस गरेको समेत बताएका छन् ।
एकदिने कार्यशालाका प्रमुख प्रशिक्षक स्वतन्त्र लेखक तथा धार्मिक स्वतन्त्रताका अभियन्ता वि.पी. खनाल र रिलिजियस लिबर्टी फोरम नेपालका अध्यक्ष टंक सुवेदीले धार्मिक समुदायको मर्म विपरित नेपालको संविधानमा लिखित धर्मनिरपेक्षको गलत व्याख्या गरेकोले तत्काल संसोधन र्गुपर्ने माग गरेका छन् । कार्यशालामा मानवअधिकारकर्मी, पत्रकार, स्वतन्त्र लेखक, विद्यार्थी, समाजसेवी तथा समाजिक अभियान्ताहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखिय सहभागिता रहेको थियो ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In