लूका १०:२५-३७
यो खण्डमा येशुलाई परिक्षा गर्न आउने व्यवस्थाका पण्डितको प्रश्न्को उत्तरमा परेका एक असल शिक्षा भेटाउँछौं। अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ? परिक्षा गर्न सोधिएको प्रश्न । येशुले उल्टै प्रश्न् गर्नु भयो व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ्यौं ? एक व्यवस्थाको पण्डितलाई यो येशुको प्रश्नर नै उत्तर मान्नु पर्छ। किनकी यी व्यवस्थाको पण्डितले जान्नु पर्नेकुरा हो।
किनकी उनीहरुले नजाने कसरी सभाघरमा शिक्षा दिने? यसकारण यी पण्डितले भने २० पदमा। येशुले सल्लाह दिनुभयो तिमीले त्यसै गर, र तिमी जिउनेछौं (अनन्त जीवन) पाउनेछौं । फेरि व्यवस्थाको पण्डितले सोध्यो मेरो छिमेकीचाहिँ को हो त? येशुले सवैले बुध्ने गरि पताउनु भएको हामीले भेट्छौं। येशुले भन्नुभयोः एक जना मानिस यरुशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरुको फेला पर्यो। यरीहो कनान देशको पहिलो फल हो, जब यर्दन नदी तरेपछि प्राप्त गरेको ठाउँ हो यरीहो। हामी प्रभुमा विश्वास गरी बप्तिस्मा लिए पछि यरीहो तिर बढ्नेक्रममा डाँकूहरुको फेला परिन्छ। जस्तो परिवारीक, साथीसँगैको, नातागोता आदी यस किसिमको बाधा ल्याई यरीहो पुग्न नदिइ बाटैमा अधमरो पार्ने छन् यस अवस्थामा हामी इसाईहरुको ठूलो कर्तव्य हुन आँउछ। यस्तो अवस्थामा पूजाहारी (पाष्टर), लेबी (अगुवा, शिक्षक) तर्केको अवस्था पनि छन् किनकी जब उसको जिम्मा लियो भने कसले खर्च गर्ने बरु नदेखे जस्तो गरेर हिड्यो भने थाह भएन भन्न पाईन्छ। यस अवस्थामा पनि कोहि सामरी (मण्डलीमा कुनै स्थान नपाएको) भेटिन्छन् जसले अधमरो व्यक्तिलाई उठाउन तयार रहन्छ। तर वास्तभमा यो हेरचाह गर्ने येशु नै हुनुहुन्छ। अव येशुले व्यवस्थाका पण्डितलाई सोध्नु भयो यी तीन प्रकारका व्यक्तिमा कुनचाहिँ आफन्त भयो? जसले दया देखाई उद्धार गर्यो। येशुले भन्नुभयो जाऊ तिमी पनि त्यसै गर, अनन्त जीवन प्राप्त गर्ने छौं तर काम कामबाटमात्र होईन। विश्वासबाट हो र विश्वास गर्ने मा यी गुण हुनु आवश्यक छ। धन्यवाद।
टेक भण्डारी
ललितपुर
// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy17404 = ‘teknepal’ + ‘@’;
addy17404 = addy17404 + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy17404 );
document.write( ” );
//–>\n
// ]]>teknepal@hotmail.com
Republished in new layout 5/29/2013
//
Discussion about this post