नेपालको लागि आजको आबश्यक्ता भनेको बिद्वान/विशेषज्ञाहरुले बहस चलाउनु पर्ने नितान्त आवश्यक भएको छ। राजनैतिक दलहरुको लागि पनि यो खाँचो छ। संविधानविदहरुले देशको लागि संविधान सम्बन्धि बहस चलाउन पर्छ जस्तो मलाई लाग्छ। खाली उहाँहरुले हामीलाई नियुक्त गरोस् अनि गरौंला भनी पर्खनु भयो भने देशको लागि हानिकारक भइसक्यो। १. माओवादी शक्तिसाली राष्ट्रपतिको पक्षमा,
२. नेपाली काँग्रेस संसदिय प्रधानमन्त्रिको पक्षमा
३. र एमाले शक्तिसाली प्रधानमन्त्रिको पक्षमा
४. साथै अरु साना दल र मधेशी दलहरुको कुरा प्रष्ट बाहिर आएको छैन यो छायामा नै छ ।
कारण उहाँहरुले सोच्नु भएको होला हाम्रो विचारले निर्णायक भुमिका निर्वाह गर्दैन। तर होइन तपाईहरुले आफ्नो विचार राख्नुल पर्छ। एकजना मात्र किन नहोस् ठिक कुरा सबैले मान्नु पर्छ तर यो विल्कुलै स्वार्थ रहित हुनुपर्छ। देशको मुल कानुन बनाउँदा पनि आफ्नै स्वार्थ मात्र हेर्नु हुन्छ भनेर इतिहासमा तपाईहरुको नाउँ कसरी उल्लेख होला < बिद्वान संविधान विदहरुले यी सबै पक्षहरुको फायदा र बेफायदाको पक्षमा बहस चलाउने र सभासदहरुलाई सल्लाह दिनु भए कसो होला < हाम्रो जस्तो सानो देशमा १२, १४ सँघिया राज्यमा बिभाजित गरेमा बजेट जति प्रशासनिक खर्चमा नै बढी हुने जस्तो लाग्छ मलाई त। हुन त राजनैतिक दलहरुले सबै नेताहरुलाई भाग पुर्याउने होला। तर देशको विकास निर्माण चाहीँ कहिले र कसरी गर्ने< के देश बलियो होला यस किसिमको बिभाजनले। तपाईहरुको आफ्नै दल भित्रको बिभाजनले कति कम्जोर बनाएको छ, सँघिया राज्य पनि उस्तै हो। २००७ सालदेखि संविधान सभाका चुनावको माग २०१३ सालसम्म हुन सकेन रे फेरि जसोतसो संविधान बनाई चुनाब भयो। तर यसले दुइ बर्षपनि काट्न पाएन। यसपाली पनि लक्षण त्यस्तै देखिन्दैछ। आजको नेताहरुले बनाउँछन् जस्तो लाग्न छोड्यो। दल दल बीच प्रष्ट कुरा भएको भए माओवादीका बाबुराम भट्टाराई र काँग्रेसका गगन थापा दुबै सभासदले भने जस्तो “गिभ एनड् टेक” गरेर मिल्न सक्ने आशा थियो तर हरेक दलको आफ्नै दल भित्र गुठ र उपगुठमा विभाजित भएको कारण कसरी संविधान बन्छ ? जनता निरास अवस्थामा पुगेका छन् तर बिज्ञहरु चाहीँ हामीलाई नियुक्त नगरी कसरी बनाउलान् भनी बसेको जस्तो लाग्छ। बाहिरी हिसाबमा संविधान समयमा बनाउनु पर्छ भनी भाषण मात्र गरेर हुँदैन उनीहरुलाई उपया पनि देखाई दिनु पर्दैन र ? जुँघाको लडाईले हाम्रा देशका नेताहरुले यो देश बचाउलान्, शंकै लाग्छ। उनीहरुको बिपक्षमा बोल्न लेख्ना पनि डर भएको छ कारण बाँच्न दिँदैनन्। माओवादी लडाकुका बारेमा के सम्झौता भएको थियो त्यस अनुसार समयमा किन गरिएन रात रहृयो अग्राख पलायो भने जस्तो भएको छ। माओवादी लडाकु नभए हामी त मासिन्छौं जस्तो मानेका छन् भने अरु दलहरुले लडाकु भएमा स्वतन्त्र संविधान बन्दैन भनी डर भएको कारण नै मुख्य समस्य भएको हो। एक दोस्रासँगको डर र शंकाको अन्त हुनु पर्छ। धन्यवाद ।।
टेक भण्डारी
गोरखा हाल ललितपुर
Republished in new layout 5/29/2013
Previous Comment
कोठे राजनीतिज्ञ
written by रमेश खत्री , August 04,
2011
भाइको विचार राम्रो
लाग्यो । हामी ख्रीष्टिfयानहरूले मौन ब्रत त्याग्नुपर्छ । कति कोठे राजनीतिज्ञ
मात्र बनिरहने ?
Discussion about this post