वैशाख ६, शुक्रवार
विश्को सबैभन्दा धेरै जनसंख्याले अपनाएको, सबै महादेश र देशहरूमा धेरथोर संख्यामा अनुयायीहरू रहेको, विश्वको इतिहासमा सबैभन्दा बढी चर्चपरिचर्चा गरिएका व्यक्ति जसका संस्थापक रहेका छन्, जुन मतको पुस्तक अन्य कुनै पुस्तकभन्दा बढी संख्यामा अनुवाद गरिएको अनि विक्रीबितरण गरिएको छ, अनि जसको बारेमा बहस वादविवाद जेजस्तो भए तापनि, अन्य प्रमुख धर्म मत र वा नास्तिक मतहरू बिचमा विवाद वा अविश्वास वा संकटमय सम्बन्ध उत्पन्न हुँदा जुन मतलाइ, जुन मतका प्रतिनिधिलाइ सबैले साझा समन्वयकर्ताका रूपमा स्वीकार गर्नेगरेका छन्, त्यो इशाइ मत रहेको छ ।
एेतिहासिकता तथा प्राचीनताको कुरा गर्दा पनि, उपलब्ध पाण्डुलिप संख्या, तिबिचको समानता, प्रचाीन शासन व्यवस्था र नामहरूको सटिक उल्लेख, हिब्रू ग्रन्थको सृष्टिदृष्टि वर्णनलाइ हुबहु कायम राख्दै ग्रहण गरेको कारण, हिब्रू बाइबलसमेत ख्रीष्टियन बाइबल र विश्वासको एक अलग गर्न नसकिने पक्ष रहेको । यसउसले गर्दा, प्राचिनतामा समेत अाम रूपमा ठानिएजस्तो येशूको जन्मपछि मात्र बाइबल लेखिएको वा त्रिएकेश्वरवादको विकास भएको भन्ने होइन ।
जे होस्, यत्तिकै वेवास्ता गर्न वा अनदेखा गर्न नसकिने र नमिल्ने अास्था मतका रूपमा रहेको इशाइ मतअनुसारका प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पुनरूत्थानको अवसर रहेकाले यस चित्रकलात्मक प्रस्तुतिमा अाज हामी इशाइ मतका बारेमा स्पष्ट हुन सहायता गर्न सक्ने केही प्राुख घटनाहरू, जो बाइबलमा उल्लिखित छन् र एेतिहासिक रूपमा मानिन्दै अाइएका छन्, तिनको चर्चा गर्नेछाैँ ।
बाँकी यहाँ पढ्नुहोस्ः http://khabardainik.com/news/1983
काठमाणडौं। महिला यूँ - १९ टी-२० विश्वकपमा नेपालकी पूजा महतो सर्वाधिक विकेट लिने खेलाडी बनिसकेकी छन्। समूह चरण र प्लेअफ...
काठमाण्माडौं।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरबाटपोलबाट रेड नोटिस जारी भएका फ़रार प्रतिवादी बिनोद पौडेल ओमानमा पक्राउ परेका छन्। बर्दियाका र...
मंगलवार, २३ पुष, २०८१ काठमाण्डौं। आज बिहान ६:५० बजे नेपाल - चीन सिमाना नजिकै संखुवासभा र ताप्लेजुङ क्षेत्रमा ७.० म्याग्निच्युडको...
शनिबार, २० पुस २०८१ काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा भएको छ । उक्तकुराको...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post