• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

के क्षमा बिना हामीलाई शान्ति मिल्छ ?

by Tek Bhandari
June 2, 2013
in Articles
Written by Tek Bhandari
हालसालै टिभी कार्यक्रममा देखेको र उहाँले नै भनेका कुराहरु सापट लिएर केहि लेख्न मन लाग्यो। उहाँको नाउँ अनिता भण्डारी थियो सायद उहाँ नेपाल प्रहरि वा सेवाको व्यक्तिको श्रीमती हुनुहुन्थ्यो जसको श्रीमान् जनयुद्धमा मारिनु भयो। उहाँको एक छोरी पनि छिन्। उहाँको भनाई थियो म युद्ध पिडितहरुको सेवामा नै लाग्छु। अब मलाई कुनै गुनासो छैन कारण जुन अवस्थामा मेरो श्रीमान मारिनु भयो यो कुनै व्यक्तिगत रिसीइबीको कारण थिएन तर केहि देश विकास हुन्छ कि भन्ने सिलसिलाको परिस्थिती जन्य अवस्था थियो।

अब यसलाई विर्सनु पर्छ र क्षमा लिने दिने गर्नुपर्छ नत्र यो देशमा शान्ति आउनेछैन। हामी तर्फात्र होइन, माओबादीहरुमा पनि धेरै जना मारिनु भयो, कति अझै घाइते अवस्थामा नै हुनुहुन्छ। हाम्रो भन्दा उहाँहरुको अवस्था दयनिय छ। किनकी मेरो त पेन्सन छ, छोरा छोरी पढाउन सरकारले बन्दोवस्त मिलाई दिएको छ। तर उहाँ माओबादीहरुको त त्यो सुविधा पनि छैन। हामीलाई त बिचरा भन्छन् तर उहाँहरुलाई बिचरा भन्ने व्यक्ति नगण्य छन्। यसकारण हामीले एकले अर्कोलाई शत्रुको दृष्टिमा नै हेने हो भने यो देशमा कहिले शान्ति आउने ? उता कम्जोर हुँदा बद्ला लिन फेरि यता पनि त कम्जोर हुँदा फेरि उनीहरुले दावा धरेर बसेका छन् कुनै समय उनीहरुले आक्रमण गर्ने छन्। यसकारण हिजो जे भयो त्यो परिस्थिति जण्या अबस्थाले उब्जाएको घटना थियो। अव यसलाई बिर्सेर क्षमा लिनेदिने गरे मित्रताको हात बढाएर यो देश र आफ्नो निर्माण गर्नु पर्छ नत्र हामी सँधै अशान्ति र बद्ला मिले पक्षमा नै हुँनेछौं। येशुले भन्नुभयोः “तिमीहरुले सुनेका छौ, यसो भनिएको थियो, आँखाको बदला आँखा, र दाँतको बदला दाँत। तर म तिमीहरुलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। मत्ती ५:३८-४०।”  यदि आज हामी इसाई ख्रीष्ट येशुको क्षमाको अनुभव गरेका ब्यक्तिहरुले यो एकल महिलाले भने जस्तो गरेका छौं  र हामीले आफ्नो भाइ बहिनीलाई हृदयदेखि क्षमा गर्न सकेका छौ। यदि आजसम्म सकेका छैनौ भने हाम्रो पाप हुँदैन। “हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरुलाई क्षमा गरेका छौं। मत्ती ६:१२।” हामीले अरुलाई क्षमा गर्न सकेका छैनौ भने येशु ख्रीष्ट पनि हामीलाई क्षमा गर्नुभएको छैन। एकले अर्कोलाई क्षमा गर र आफ्नो पापबाट  मुक्त होऔं। यदि हामीले एकले अर्कोलाई क्षमा गर्न सकेको भए मण्डलीमा कति शान्ति हुँदो हो। र फुट, बेमेल, झगडा हुन्थ्यो र हामीले आफ्नो पाप स्विकार गरेनौ भने हाम्रा प्रार्थना र अन्तर बिन्तिहरुको सुनुवाई हुँदैन, बाइबल परमेश्वरको वचनमा प्रष्ट लेखिएको छ। “यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट र्फकन्छ, तब म स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुको पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु। २ इतिहास ७:१४ ।” हामीले क्षमा गरौं र क्षमा मागौं र एक अर्कोमा मेल मिलाप गरौं। जसमा परमेश्वर प्रशन्न हुनुहुन्छ र हाम्रो जीवनमा आशिष दिनु हुनेछ। हाम्रो व्यक्तिगत जिबनमा शान्ति र आनन्द हुनेछ, परिवारमा आशिष आउने छ, मण्डली, अफिसमा आशिष हुनेछ र देशमा शान्ति सुरक्षा र देश स्वस्थ्य हुनेछ। त्यसको शुरुवात मबाट शुरु हुनुपर्छ। आज नेपाल देशको अवस्था यस्ता हुनुमा पनि क्षमा दिने लिने काम नभएर, एकले अर्को माथिको अविस्वास, शंका र बदला लिने मन नै हो। क्षमा लिने दिने गरेमा प्रेम आउँछ र प्रेममा शंका हुँदैन विस्वास हुन्छ र मेलमिलाप हुन्छ। आउनोस् हामी लगातार प्रार्थना गरौ हाम्रा देशका नेताहरुलाई र एक दोस्रा प्रति शत्रुता भएकाहरुकालागि। आफ्नो अविभावक बाबु गुमाएकाहरुलाई र बुढेस्को सहारा छोरा गुमाउनेहरुलाई सजिलै क्षमा दिन मुस्किल हुन्छ तर के बदलाको भावनाले केहि हुन्छ। परमेश्वरले दिनु भयो र उहाँले नै लाग्नु भयो। हामीसँग बस्नु क्षणिक रहेछ भनी सम्झौं जस्तो अनिता भण्डारीले सोच्न भएको छ। उहाँमा पनि पिडा नभएर त होइन तर अब पिडा लिएर के फिर्ता पाउन सकिन्छ र? नसकिने कुराको लागि चिन्ता फिक्रीले कुनै फायदा हुँदैन। सबै पिडित भएका बुवा आमा, दाजु भाइ, दिदी बहिनी, साथी सँगी, छोरा छोरीहरुमा हाम्रो हार्दिक समावेदना छ। परमेश्वरले हजुरहरु सबैको कल्याण गरुन्। धन्यवाद ।।

टेक भण्डारी

गोरखा हाल ललितपुर कुपण्डोल

पो बा नं ३१५५ काठमाडौ

Republished in new layout 5/28/2013

Previous Comments

written by suren , July 29, 2012

Its a nice article. I do agree that Forgiveness
brings Healing too.

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In