लुका १: १-४
थियोफिलस भन्ने शब्द ग्रिस भाषाको THEOS – ईश्वर अथवा परमेश्वर साथै ‘ PHILOS ‘- मित्रवा साथी भन्ने अर्थ लाग्छ । परमेश्वरको मित्र बन्न असल कुरा हो । मानिसहरू ईश्वरको मित्र बनिरहेका हुन्नन् कतिपय जीवनका हरेक क्षणमानिसहरू ईश्वरको मित्र भन्दा पनि शत्रु रहेका हुन्छन् ।
लुकाले आदरणिय वा माननिय भनी परमेश्वरका मित्रहरूलाई सम्बोधन गरेका छन् । परमेश्वरका मानिस हुनु भनेको आदरणिय कुरा हो । मानिसहरू ईश्वरको मित्र बन्न पर्छ । मानिसहरू कहिल्यै पनि ईश्वरको शत्रु बन्न सक्दैनन् । पावलले कलस्सीका मण्डलीका विश्वासीलाई लेख्दा लूका औषधी गर्ने एक डाक्टर थिए भनेर उल्लेख गरका हुन् । कलस्सी ४: १४ यस्ता व्यक्ति पनि परमेश्वरका मित्र बनेका रहेछन् भन्ने सत्यता हामीलाई यस पाठबाट थाह गर्न सक्छौ । हामीहरू पनि परमेश्वरको मित्र बन्न सक्छौ ।
परमेश्वरका मित्रहरूलाई परमेश्वरको सत्यतामा बस्नका लागि परमेश्वरको बारेमा विवरण प्रस्तुत गरिएको छ । बाइबल अध्ययन गर्ने क्रम बढ्नुपर्छ । एउटा मित्रले अर्का मित्रका हृदयका कुराहरू थाहा हुनुपर्छ । त्यसै गरि हाम्रो आत्मिकताको क्रम बढेर जाने हुनुपर्छ ।
प्रार्थना: हे प्रभु येशु, म तपाईको मित्र बन्न चाहन्नछु मलाई मित्रताको घनिष्ठतामा बढाउनुहोस् ।
-Harka Bahadur Khadka, Lalitpur
Discussion about this post