ड्यामसाइड, हिमाली टोल
यही माघ १४ एस जे एस हट एण्ड स्पाइसी बहुउद्देश्यीय प्रा.लि. ले पोखरा, ड्यामसाइडस्थित कम्पनीमा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा हट एण्ड स्पाइसीका सञ्चालक सेफ ज्ञान गुरुङले देओ र तिमीहरूलाई पनि दिइनेछ ‘(लूका ६:३८) भन्ने पदलाई थिम बनाएर व्यवसायमा अगाडि बढेको बताउँदै दश वर्ष विदेशमा रहेर पाँच तारे होटलमा काम गरी हासिल गरेको सीप र अनुभवलाई आफ्नै देशलाई कर्मथलो बनाउने उद्देश्य लिएर आफू र परिश्रमी युवाहरुलाई आत्मनिर्भर बनाउने अठोट लिई कम्पनी स्थापना गरेको बताए।
एउटा सानो फास्ट फुड बर्गर कर्नरबाट सुरु भएको हट एण्ड स्पाइसी आज पोखराका १० ठाउँमा सञ्चालित हुनुका साथै अरु जिल्लाहरुमा पनि १० वटै शाखाहरु छन्। गुरुङले यसबाहेक हट एण्ड स्पाइसीले पार्टी प्यालेस सञ्चालन गर्नुका साथै भेडिलाल आइसक्रिमको इम्पोर्ट गर्दै आएको जानकारी पनि दिए।
भेटघाट कार्यक्रममा पोखरा तथा पोखराबाहिरका जिल्लाहरुमा रहेका हट एण्ड स्पाइसी कर्नरका सञ्चालकहरुको सहभागिता थियो। उपस्थित कर्नरका सञ्चालकहरुले आफूहरुले हट एण्ड स्पाइसीको व्यवसायबाट राम्रो प्रगति गरेको अनुभव बाँडेका थिए। कार्यक्रममा उत्कृष्ट कर्नर सञ्चालकका रुपमा हट एण्ड स्पाइसी रामबजारलाई पुरस्कृत गरिएको थियो।

Discussion about this post