• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

साक्षी

by Tek Bhandari
June 2, 2013
in Articles

त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो। २ राजा ५:३।”

एकजना केटी जसलाई कैद गरेर ल्याएर नोकर्नी बनाएको अवस्थामा पनि उनी जसको नोकर्नी भएर काम गर्दै छिन्। मानविय हिसाबले वास्ता हुनुपर्ने थिएन। उनी पैसा कमाउन गएकी पनि होइनन् तर अपहरण जस्तै गरी लगिएकी थिइन्। खुशिले गएकी होइनन्। तर पनि उनले आफ्नो परमेश्वरको महानता र उद्धारको बिषयमा उनको मालिकलाई बचाउन चाहेको हामी देख्न सक्छौं। यस्तो अवस्थामा साधारण त अरुको भलाई देख्ने कम्ति नै हुन्छन्। तर हाम्रा परमेश्वरका जनहरु जहाँ गए पनि आफ्नो मुख बन्द गरेको छैनन्।

मेरो देशमा एक जना र्सवशक्तिमान परमेश्वरको जन अगमवक्ता हुनुहुन्छ। उहाँलाई भेटेमा मेरा मालिकको कुष्टरोग निको पारिदिनु हुनेथियो। परमेश्वरप्रतिको पूर्ण भरोसा वा निश्चयता त्यो केटीमा देखिन्छ। मैले अनि तपाईले विश्वास गरेका येशुको बिषयमा के हामीले त्यसरी नै बनाउने आँट गरेका छौ। के उहाँमा उद्धार छ भन्न सक्छौं ? नासरतका येशु जो मानवजातिका लागि क्रुसमा झुण्डीइ मरेर बौरि उठ्नु भएको छ। उहाँमाथि विस्वास गरेमा सबै पाप क्षमा हुनेछन्। सबै मानिसको लागि यो सित्तैको वरदान हो। परमेश्वरले सँसारलाई यस्तो प्रेम गर्नु भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। यो कुरा भन्नु हाम्रो कर्तव्य हो, नभनेमा हामीलाई दण्ड छ। “तर यदि तरवार आइरहेको देखेर पनि त्यस पहरादारले मानिसहरुलाई चेतावनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्यान लियो भने, त्यो मानिसचाहिँ आफ्नै पापको कारण लगिने छ, तर म त्यस पहरादारलाई नै त्यसका रगतको जवाफदेही तुल्याउनेछु, (इजकिएल ३३:६)।” यसकारण हामी सबैजना प्रभु येशुमा विस्वास गर्ने प्रत्येकर् इर्साई पहरादार हौं। “बाइबल अनुसार किनकी सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। (रोमी ३:२३।”) सबै पाप गर्नेले दण्ड पाउने छन्। “किनकी पापको ज्याला मुत्यु हो, तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो (रोमी ६:२३)।” सबै मानिसले विस्वास गर्ने कुरा र्स्वर्ग र नर्क हो। पाप गर्ने नर्क जान्छ भने येशु ख्रीष्टको अनुग्रहबाट बचाइए काहरु र्स्वर्ग जाने कुरामा हामी इसाईहरु विस्वास गछौं। यसकारण सबै मानिसलाइ पहरादारको काम जस्तै प्रभु येशुको बारेमा बताइदिनु हाम्रो कर्तव्य हो। हरेक विस्वास गर्ने बचाँइन्छन्। किनकी सबै मानवजातिको पाप क्षमाको लागि येशुले क्रुसमा दण्ड भोगि दिएर, हाम्रा पापको सजाय आफुले बोकि दिनुभएको छ। उहाँको सिँतैको दानलाई स्वीकार गरी उहाँमा विस्वास गरेमा हामीले नरको दण्ड भोग्नु पर्ने छैन। “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउ्रँमाथि विश्वास गरे, उहाँले तिनीहलाइ परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। (यूहन्ना १:१२) आज हामी प्रभु येशूमा विश्वास गर्ने सबैजना परमेश्वरका छोराछोरीहरु भएका छौ र यदि छोराछोरी हौं भने हकवाला पनि हौ।

हामी हक अधिकार खोज्दछौं तर कर्तव्यको वास्ता गर्दैनौं। अधिकार र कर्तव्य सँगसँगै जानु पर्छ गएन भने असन्तुलन हुनेछ। कति जनामा (सबैजना होइन) आज हाम्रा यूवा पुस्ताले अधिकार मात्र खोजेको देखेको छु। बाबु आमा भएपछि हाम्रा आवश्यक्ता पूरा गरि दिनुपर्छ भन्ने आवाज सुन्छु तर छोरोछोरी भएकोकारण आमाबाबु प्रतिको कर्तव्यको पूरा गरेको देखिदैन। कर्तव्य नगर्नेले अधिकार कसरी खोज्ने?

आमा बाबुले पनि कति कुनै अवस्थामा आफ्नो कर्तव्य नगरेको पाईन्छ। यी दुबैको उत्तिकै कर्तव्य छ अबिभावक र छोरोछोरीहरु। तपाई यी अपहरित केटीलाई हेर्नोस् र विचार गर्नु होस्। उनीले पनि मलाई मेरा आमा बाबुले सुरक्षा किन दिनुभएन भन्न सक्दथिन्। तर आफु कुन अवस्थामा छु र मेरा अबिभावक आमा बाबुले मलाई हुर्काउदै हुनुहुन्छ यो हरेकले बुझ्नुपर्छ। म कहाँ कसरी उभिएको छु सबै बुझ्ने पर्छ। धैर्यसाथ प्रभु येशूमा विश्वाससाथ भरोसा गरेमा उहाँले समयमा उच्च पार्नु हुनेछ। जस्तो, योसेफ, दानिएल, सद्रक, मेशक र अबेदनको यिनीहरु पनि सबै कैद गरी लगिएका प्रभुका जनहरु हुन्। तर योसेफको कुरा त झन् असहनीय छ। जसलाई आफ्नै दाजुहरुले बेचेका थिए। यो अवस्थामा पनि योसेफको सोचाई सकरात्मक भयो र भने अब आफैमाथि दोषि नसम्झ तर परमेश्वरले हामी सबैको वास्ता गरेर परमेश्वरले नै मलाई यहाँ पठाउनु भएको थियो। यसकारण अब हामी सबै परिवार अनिकालबाट बाँच्न सक्छौं। यस्तो अवस्था भएमा म र तपाई के गथ्यौ होला विचार गरौं। हामी सबैले हरेका कुरामा सकरात्मक सोचाई बनाऊ। यूवाहरु हो उठ ! यो देश, चर्चहरु, त्रि्रो काँधमा छ जो तिमी बलिया छौ उठाउन सक्ने सक्षम पनि छौं। हरेक यूवकलाई म योसेफ र दानिएल हरेक यूवतीलाई रुथ र एस्तर देखेको छु। तिमीले सँभाल्नु छ भोलिको चर्च र यो देश। तपाईका मानिस मेरा मानिस हुन् तपाईका परमेश्व्र मेरा परमेश्वर हुन्। नेपालमा पहिलो पुस्ताले धेरै दुःख कष्ट सहेर परमेश्वरको सुसमाचार झैलाउँनु भएको थियो। अब तिमी यसलाई लगातार परमेश्वरको अगुवाई अनुसार अगि बढाई उहाँको महिमा हुने सेवा गरेको देख्न र सुन्न हामी चाँहन्छौ। यो गर्न सक्ने सक्षम मिती छौ भन्ने हाम्रो आशा र विश्वास छ। तिमीलाई आत्मिकरुपमा खाँचो परेका कुराहरु त्रि्रा अगुवा गुरुजनहरु लाई भन। हाम्रा परमेश्वर हाम्रो आवश्यक्ताहरु नझर्कीकन दिन सँधै तयार हुनुहुन्छ। माग तिमीहरुलाई दिइने छ, खोज तिमीहरुले पाउनछौं, घक्घकाउन तिमीहरुको निम्ति उघारिने छ। हाम्रो परमेश्वरसँग पाउन नाराबाजी हडताल गर्नु पर्दैन।

धन्यवाद ।

टेक भण्डारी

ल.पु. कोपण्डोल

 Republished in new layout 5/28/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In