“यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर नयाँ आएको छ (२ कोरन्थी ५:१७) भन्ने बाइबलको पदलाई मुख्य आसयका साथ अगाडि बढिरहेको पुनस्र्थापन चर्च लेकसाइड पोखराको नवनिर्मित भवन समर्पण गरिएको छ। भवन समर्पणसँगै चर्चका सेवक सेविकालाई अभिषेक गरेर आआफ्नो जिम्मेवारीमा नियुक्त गरिएको छ। समारोहमा एल्डरको रुपमा प्रेम बहादुर राई, कृष्णवीर (के.बी.) लामा, पूर्ण वि.क., डिकनको रुपमा देवराज राई, विमलराज दराई, सूर्य गमाल, जितेन राई, डिकनेसमा मैना राई, लक्ष्मी लामा,उमा राई, सोममाया दराई, सुनिता परियार, ज्योति राई, जुन रामजाली अभिषेक भएका छन्। त्यसैगरी जवान संगतिको अगुवाको रुपमा जुलिया दाहाल, प्रचारकको रुपमा प्रशान्त परियार साथै जवान सेविकाको रुपमा कुसुम परियार अभिषेक भएको जानकारी पुनस्र्थापन चर्चका पाष्टर सन्जीप थापाले दिएका छन्।
कार्यक्रममा चर्चको इतिहासबारे पुनस्र्थापन चर्चकी संस्थापक गुरुआमा बिन्दुसिंह दाहालद्वारा प्रस्तुत भएको थियो भने मण्डलीको भावी योजनाको विषयमा पा.सन्जिप थापाले सबैलाई अवगत गराएका थिए। त्यसैगरी वचनबाट सान्त्वना चर्चका पाष्टर डेबिड तामाङले सबैलाई उत्साहित पारेका थिए। जवानहरुको नृत्य, बालसंगतिको तर्फबाट नृत्य तथा गीतले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो। कार्यक्रममा पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष लगायत अन्य पदाधिकारी व्यक्तित्व साथै विभिन्न मण्डलीका पाष्टर तथा अगुवा साथै विश्वासीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन एल्डर के.बी लामाले गरेका थिए।
कमल पोखरेली
लेकसाइड, पोखरा।
Discussion about this post