त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो। २ राजा ५:३।”एकजना केटी जसलाई कैद गरेर ल्याएर नोकर्नी बनाएको अवस्थामा पनि उनी जसको नोकर्नी भएर काम गर्दै छिन्। मानविय हिसाबले वास्ता हुनुपर्ने थिएन, किनकी घरमा काम गर्ने व्यक्तिहरुलाई कहाँ राम्रो गरिन्छ र? उनी पैसा कमाउन गएकी पनि होइनन् तर अपहरण जस्तै गरी लगिएकी थिइन्। खुशिले गएकी होइनन्। तर पनि उनले आफ्नो परमेश्वरको महानता र उद्धारको बिषयमा उनको मालिकलाई बचाउन चाहेको हामी देख्न सक्छौं। यस्तो अवस्थामा साधारण त अरुको भलाई देख्ने कम्ति नै हुन्छन्। तर हाम्रा परमेश्वरका जनहरु जहाँ गए पनि आफ्नो मुख बन्द गरेको छैनन्।
मेरो र्सवशक्तिमान परमेश्वरका एक भक्त जन अगमवक्ता हुनुहुन्छ। उहाँलाई भेटेमा मेरा मालिकको कुष्टरोग निको पारिदिनु हुनेथियो। परमेश्वर प्रतिको पूर्ण भरोसा वा निश्चयता त्यो केटीमा देखिन्छ। मैले अनि तपाईले विश्वास गरेका येशुको बिषयमा के हामीले त्यसरी नै बनाउने आँट गरेका छौ। के हामी जहाँ पनि उहाँमा उद्धार छ भन्न सक्छौं ? नासरतका येशु जो मानवजातिका लागि कु्रसमा झुण्डीइ मरेर बौरि उठ्नु भएको छ। उहाँमाथि विस्वास गरेमा सबै पाप क्षमा हुनेछन्। सबै मानिसको लागि यो सित्तैको वरदान हो। परमेश्वरले सँसारलाई यस्तो प्रेम गर्नु भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। यो कुरा भन्नु हाम्रो कर्तव्य हो, नभनेमा हामीलाई दण्ड छ। जस्तो इजकिएललाई भनिएको थियो, “तर यदि तरवार आइरहेको देखेर पनि त्यस पहरादारले मानिसहरुलाई चेतावनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्यान लियो भने, त्यो मानिसचाहिँ आफ्नै पापको कारण लगिनेछ, तर म त्यस पहरादारलाई नै त्यसका रगतको जवाफदेही तुल्याउनेछु, (इजकिएल ३३: ६)।” यसकारण हामी सबैजना प्रभु येशुमा विस्वास गर्ने प्रत्येकर् इर्साई पहरादार हौं। “बाइबल अनुसार किनकी सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। (रोमी ३:२३)।” सबै पाप गर्नेले दण्ड पाउने छन् । “किनकी पापको ज्याला मुत्यु हो, तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। (रोमी ६:२३)।” सबै मानिसले बिस्वास गर्ने कुरा र्स्वर्ग र नर्क हो। पाप गर्ने नर्क जान्छ भने येशु ख्रीष्टको अनुग्रहबाट बचाइएकाहरु र्स्वर्ग जाने कुरामा हामी इसाईहरु विस्वास गछौं। यसकारण सबै मानिसलाई पहरादारको काम जस्तै प्रभु येशुको बारेमा बताइदिनु हाम्रो कर्तव्य हो। हरेक विस्वास गर्ने बँचाइन्छन्। किनकी सबै मानवजातिको पाप क्षमाको लागि येशुले क्रुसमा दण्ड भोगि दिएर, हाम्रा पापको सजाय आफुले बोकि दिनुभएको छ। उहाँको सिँतैको दानलाई स्वीकार गरी उहाँमा विस्वास गरेमा हामीले नरको दण्ड भोग्नु पर्ने छैन। जस्तो “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउ्रँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो । (यूहन्ना १:१२) । आज हामी प्रभु येशूमा विश्वास गर्ने सबैजना परमेश्वरका छोराछोरीहरु भएका छौ। र यदि छोराछोरी हौं भने हकवाला पनि हौ।
हामी हक अधिकार खोज्दछौं तर कर्तव्यको वास्ता गर्दैनौं । अधिकार र कर्तव्य सँगसँगै जानु पर्छ गएन भने असन्तुलन हुनेछ । कति जनामा (सबैजना होइन) आज हाम्रा यूवा पुस्ताले अधिकार मात्र खोजेको देखेको छु। बाबु आमा भएपछि हाम्रा आवश्यक्ता पूरा गरि दिनुपर्छ भन्ने आवाज सुन्छु तर छोरोछोरी भएको कारण आमा बाबु प्रतिको कर्तव्यको पूरा गरेको देखिदैन । कर्तव्य नगर्नेले अधिकार कसरी खोज्ने?
यस्तै सोच्दै गर्दा हामी संशारीरिक दृष्टिकोणमा हामी परिवर्तन हुन्छौं तर हाम्रो परमेश्वर कहिल्यै पनि परिवर्तित हुनुहुन्न । येशू ख्रीष्ट हिजो, आज र सदार्सवदा एकसमान हुनुहुन्छ । (हिबु्र १३:८)। हामी बदलिन्छौ, हाम्रो मित्र टाढा हुन्छ, आमा बाबुले पनि छोड्न सक्नु हुन्छ तर तपाई र मेरो प्रभु येशू कहिले पनि छोड्नु हुन्न । येशूलाई क्रूसमा झुण्याई मारे पछि उहाँको तेस्रो दिनमा बौरी उठ्नु भए पनि, उहाँ तिनीहरुसंग पहिले जस्तो संगै खाने हिड्ने उपदेशहरु सुन्ने, (संगती) गर्ने गरेको कुरा प्राप्त गर्न नपाउँदा उनीहरुले आफुलाई खाली भेटे। यसकारण उहाँले तयार गर्नु भएका चेलाहरु मध्ये प्रमुख चेला शिमोन पत्रुसले भन्यो, म माछा मार्न जाँदैछु। यो एक इसाईको लागि खतरनाक सब्द हो। सिमोन पत्रुस माछा मार्ने जलाहारी पेसाको व्यक्ति थियो, तीन बर्षभन्दा बढि येशूसंग रहेको व्यक्ति म माछा मार्न जान्छु भन्नु म अब आफ्नै पहिले कै पेसामा र्फकन्छु भनेको बुझिन्छ। पछाडी फर्केकोर् इर्साई, जसले येशुलाई ३ पल्टसम्म चिन्दीन भनी इन्कार गरेको छ। तर पनि येशूले उसलाई छोड्नु भएन। बरु उसले इन्कार गरेका, र उहाँलाई छोडी आफ्नै पेसामा फर्कने निर्णय गरेको सबै पाप माफी दिई उल्टै उसलाई सम्पूर्ण कुराको जिम्मा दिई उनीहरु कै आँखाको अगाडी उहाँ स्वार्गमा उचालिनु भयो। कति महान छ उहाँको प्रेम किनकी उहाँ मानिस हुनुहुन्न। हामी यहि प्रेमिलो प्रभूको साक्षि यि सानी घरमा काम गर्न बेचिएकी केटी, यूसुफ, दानियल जस्तो बन्यौ आफ्रनो कर्तव्य पूरा गरौं।
धन्यवाद ।।
टेक भण्डारी ललितपूर कुपण्डोल
फाल्गुण २८, २०६९
Republished in new layout 5/28/2013
|
Discussion about this post