लामाचौर, पोखरा
यही कात्तिक २४ गते लामाचौरस्थित आर.सी. कम्प्लेक्समा पास्टर अतन लेप्चा लामाको ८९ औं जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा उहाँकै जीवनी पुस्तक “ख्रीष्टका सेवक अतन लेप्चा लामा” विमोचन भएको छ। पुस्तक विमोचन गर्दै शिक्षाविद् जोर्ज जोनले पुस्तक पढ्दा आफूले आफ्नै जीवन पढेको जस्तो महसुस गरेको बताउनुभयो। उहाँले पुस्तकमा सपाट जीवनी मात्र नभएर भूगोल र इतिहास पनि सँगसँगै पढ्न पाइने उल्लेख गर्दै यस पुस्तकबाट ख्रीष्टियन जीवन लेखनमा एउटा अध्याय सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो।
एकता बुक्सका निर्देशक रामचन्द्र तिमोथीले पुस्तक लेखन, सम्पादन क्रममा निकै मेहनत परेको उल्लेख गर्दै भन्नुभयो— “आदरणीय पास्टर अतन लेप्चा लामा नपाली इसाई जगत्मा उल्लेखनीय योगदान दिने व्यक्ति हुनुहुन्छ। विभिन्न परिस्थिति र अप्ठ्याराहरुका बावजुद उहाँलाई प्रभुले नेपाली भूमि र ख्रीष्ट येशूको सुसमाचारका लागि चाउनुभयो। पास्र अतनको जीवनलाई उहाँको सेवकाइसँग जोड्दै उहाँको जीवनी पुस्तक यहाँहरुमाझ अएको छ। आज र भोलिका पुस्ताहरुको लागि आशिष्मय र चुनौतीपूर्ण होस् भन्ने ध्येयले यो पुस्तकको प्रकाशन गर्ने जमर्को गरिएको छ।”
कार्यक्रममा गायिका सलोमी तिमोथीले हार होइन जीवन जित हो बोलको गीत प्रस्तुत गर्नुभएको थियो भने पास्टर ग्रीष्मकेशव पराजुलीले वचनबाट बोल्दै पास्टर अतन लामाको जीवनबाट धेरैले आशिष् पाउने विश्वास व्यक्त गर्नुभयो।
२०६६ सालमा योजना बनाएर सुरु गरिएको यो परियोजना चार पटकको पुनर्लेखनपछि मात्र यो रुपमा पुस्तक आएको हो। पुस्तकमा अतनका जीवनका विभिन्न आयामहरुलाई समेटिएको छ। पुस्तक पढ्दा थाहा हुन्छ— उहाँ पुलपुलिएको केटो हुनुहुन्थ्यो, उहाँले त्रिभुवन, महेन्द्र र वीरेन्द्र गरी राजहरुको तीन पुस्तासँग भेट्न पाउनुभयो। तन २००७ सालको आन्देलनका कमाण्डर थीरबम मल्लको उपचारमा संलग्न हुनुहुन्यो। उहाँलाई कतिपय अवसमा उहाँलाई धर्मको ठेकेदार, डलर इत्यादि आरोप पनि लाग्यो। उहाँले ख्रीष्यिटन भएकै कारण कालो मोसोसहित अपमानसमेत सहनुपर्यो। अतनका जीवनमा भएका यस्ता अनगिन्ती घटनाहरु छन् स पुस्तकमा।
एकता बुक्सले प्रकाशन गरेको यस पुस्तक कमल बी.एन. ले लेखेका हुन्। पुस्तक ४०० पृष्ठको रहेको छ।
Discussion about this post