• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आशिया बिबी अझै पाकिस्तानी जेलमैः सुरक्षा खतरा अति उच्च

by Bidur Adhikari
December 18, 2018
in Religious Freedom, Socio-political

गत हप्ता मात्रै करिब दशक लामो कैद काटेर र मृत्यु दण्डको सजाय पाएकोमा सर्वोच्च अदालतबाट निर्दोष ठहर भइ सजाय माफी पाएकी अाशिया बिबी अझै जेलमै छिन् । कारण हो त्यहाँका मुश्लिम अतिवादीहरूको चाैतर्फी दबाव र सरकारको चर्को अालोचना अनि बिबीको परिवार र उनलाइ निर्दोष फैसला दिने न्यायाधीशमाथि समेत जानलेवा अाक्रमणको धम्की ।

यस्तो सुरक्षा खतराका बिच, बिबीको पक्षबाट मुद्दा लड्दै अाएका वकिल शैफ अल मुलकले गत हप्ता नै  पाकिस्तान छोडेका छन् ।  कारण, उनले बताएका छन्ः बिबीलाइ अझै  सुरक्षित शरणस्थानसम्म नपुर्याएसम्म म बाँचिरहनु अावश्यक छ ।
 अतिवादीहरूको चैतर्फी दबावपछि, इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले  तेरिक ए लाबिक पार्टीसँग केही सम्झाैता गरेको छ । यो सम्झाैतापछि उक्त दलले अाफ्ना कार्यकर्ता तथा प्रदर्शनकारीहरूलाइ तोडफोड तथा प्रदर्शन अन्त्य गर्न अाह्वान गरेलगत्तै त्यस्ता गतिविधि तत धेरै हदसम्म रोकिएका छन् । तर यसले अाशिया बिबीबारको फैसलामा कुनै असर पुग्ने हो, वा उनको जिउ जीवनमाथि कुनै न कुनै रूपमा फेरि खतरा उत्पन्न हुने हो कि भन्ने अाशंक उब्जेको छ ।  तर  यसको अर्थ सरकारले उनीहरूको माग बमोजिम बिबीबारेको फैसला उल्टाउने वा बदर गर्ने होइन, तर गत हप्ता तोडफोड र सारकार विरोधी गितविधिमा संलग्न कार्यकर्ताहरूलाइ रिहाइ गर्नेसम्मको सम्झाैता हो । साथै, पाकिस्तानी कानुनमा त्यस्तो व्यवस्था नभए तापनि,  सर्वोच्च अदालतको अगिल्लो हप्ताको फैसलामाथि रिट निवेदन हाल्न पाउने अधिकार वा सुविधा पाउनुपर्ने मागप्रति सरकारले समर्थन जनाएको अवस्था छ ।

करिब नाै वर्ष अगिको अाशिया बिबीको अाफ्ना छोरीहरूसँगको तसविर
सर्वोच्च अदालतबाट रिहाइको फैसलापछि समेत अाशिया बिबी जेलबाट बाहिर निस्कन पाएकी छैनन् ।

सरकार र प्रतिपक्षी प्रदर्शनकारी दलबिचको यस्तो सम्झाैताले अाफूमा चिसो पलाएको भनी अाशियाका पतिले चिन्ता व्यक्त गरेका छन् । बृटेन सरकारसँग उनले गरेको प्रत्यक्ष भिडियो अनुरोधमा उनले, “संयुक्त अधिराज्यका प्रधानमन्त्रीसँग हामीलाइ सक्दो सहायता गर्न र स्वतन्त्रता उपलब्ध गराउन अनुरोध गर्दछु । हालको परिस्थिति हाम्रो निम्त अत्यन्त जोखिमपूर्ण छ । हाम्रो कुनै सुरक्षा छैन, अनि हामी यताउता लुक्दै भागिरहेका छाैँ” भनेका छन् ।

मानवीय सुरक्षा, मानव अधिकार र चासोका दृष्टिकोणले पनि अाशिया र उनको परिवार अत्यन्तै संकष्टमा छ । यसबखत उनको परिवारप्रति कुनै पनि सबल राष्ट्रले  देखाउने चासो, दिने साथसहयोग र फैलाउने हात अत्यन्तै अर्थपूर्ण हुन्छ । यस्तो अवस्थामा विश्व बन्धुत्व र मानव अधिकारको श्रेष्ठ परम्परा अाफूमा शदियाैँदेखि भएको दावी गर्ने छिमेकी देशहरूले यस विषयमा चासो राखेको हेर्नसुन्न पाए हामीलाइ पनि बडो गर्व हुने थियो ।

तर पहिल्यै थाहा छ, अष्ट्रिया, अष्ट्रेलिया, अमेरिका वा क्यानडा वा बृटेन, वा स्वीडेन अादि देशहरूले हात नबढाएसम्म एशियाका देशहरूले यसमा चासो राख्ने छैनन् । वास्तवमा यस्ता कुरालाइ कति चासो र गम्भिरतापूर्वक लिइन्छ भन्ने अाधारमै कुनै पनि देश कतिको सुरक्षित छ वा मानवीय सम्वेदनाका हिसाबले उच्च छ भन्ने कुरा निर्क्याैल हुने गर्दछ । चाइनासँग यस मामािलामा बोल्ने, अनि पाकिस्तानलाइ फकाउन मनाउन सक्ने  गतिलो लेभरेज छ, तर अाफैँ सयाैँ अास्थाका बन्दीहरू थुन्ने देशलाइ नता यस्ता कुरामा चासो रहन्छ नत नैतिक अधिकार नै ।

अाशिया बिबीको सुरक्षा र सुरक्षित देशमा स्थानान्तरणका लागि दबाव दिअाैँ र प्रार्थना गराैँ ।
– विदुर अधिकारी

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

A Proposal To Politics As Mission

December 3, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In