काठमाडौं- चैत १८ काठमाडौं उपत्यकाका चर्चहरूको संयूक्त उपत्यका व्यापी इष्टर महोत्सव खुल्ला मञ्च काठमाडौंमा सम्पन्न भयो। भक्तपुर र भैसेपाटी क्षेत्रका चर्चहरू बाहेक उपत्यकाका विभिन्न स्थानहरूबाट इसाईहरूको र्याली निस्केको थियो।
र्यालीमा येशू मृत्युबाट पुनरुत्थान हुनुभएको लेखिएका व्यानर, प्लेकार्ड बोकेका थिए। गीटार, मादल, पञ्चेबाजा सहित भजन गाउँदै र्याली खुल्लामञ्चमा प्रवेश गरी संगतिमा परिणत भएको थियो। उपत्यकाका चर्चका इसाईहरू एकसाथ खुल्ला मञ्चबाट येशू मृत्युबाट पुनरुत्थान हुनुभएको उत्सव मनाएका थिए। आराधना स्तुति प्रशंसामा नेपाल इसाई मण्डली संगित झुण्डले अगुवाई गरेको थियो। ललितपुर जिल्लाको प्रतिनिधित्व गर्दै इष्टर महोत्सवको शुभकामना सन्देश पास्टर काजी महर्जनले दिनुभएको थियो भने, काठमाडौंबाट पास्टर देब कुमार क्षेत्रीले दिनुभएको थियो। परमेश्वरको वचनबाट येशू पुनरुत्थान भएको कुरा धर्मशास्त्र बाइबलबाट पास्टर जगत प्रधानले पाठ गर्नुभएको थियो। पास्टर सुमन गुरुङले वचनको लागि प्रार्थना गर्नुभएको थियो। परमेश्वरको वचन धर्मशास्त्रबाट पास्टर महेश थान्जुले इष्टर सन्डेको बारेमा बोल्नुभएको थियो।
Discussion about this post