• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, December 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हिमालयन लाइफ नेपालको वार्षिक साधारणसभा

by NC Reporter
September 17, 2018
in News & Events

भदौ २९ गते हिमालयन लाइफ नेपालले आफ्नो छैटौं वार्षिक साधारणसभा र तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन भएको छ। जसमा अध्यक्ष मुक्ति ढकाल, उपाध्यक्ष बुद्धिबल रम्तेल, सचिव दीपक श्रीमल, कोषाध्यक्ष नरबहादुर परियार, सहसचिव करुणा मियाँ र सदस्यहरुमा गोविन्द गैरे, रेविका परियार दास, तबिता कोम र सुष्मा गुरुङ पराजुली चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष्य ढकालले देशमै उदाहरणीय काम गरिरहेको संस्थाको नेतृत्व गर्न पाउँदा खुसी लागेको र संस्थालाई अझ प्रभावकारी ढंगबाट अगाडि बढाउन आफू लागि पर्ने बताए।

कार्यक्रममा जिल्ला बालकल्याण केन्द्रीय समिति सदस्य डा. राजेन्द्र गौतम, वडा प्रहरी कार्यालय १५, पोखराका प्रहरी निरीक्षक दीपक केसी, वडा प्रहरी ६ पोखराका प्रहरी निरीक्षक सुवास खतिवडा विशेष अतिथि थिए भने प्रमुख अतिथि पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल थिए। प्रमुख अतिथि पौडेलले वास्तविक पुन्य र धर्मको काममा हिमालयन लाइफ नेपाल सक्रिय रहेको बताए। उनले भने— “सामाजिक उत्तरदायित्व सार्वजनिक महत्वको काम यस संस्थाले गरिरहेको छ।” त्यस्तै विशेष अतिथि प्रहरी निरीक्षक दीपक केसीले सडकका बालबालिकाहरुलाई आमाको भूमिकादेखि सरकारको भूमिकासम्म खेल्ने यस संस्थाको काम सराहनीय रहेको बताए। पोखराको सडकमा अझै २०० भन्दा बढी सडक बालबालिकाहरु रहेका र तिनको व्यवस्थापन गरी पोखरालाई सडक बालबालिकारहित बनाउन हामी सबै लाग्नुपर्नेमा उनले जोड दिए।

हिमालयन लाइफ नेपालका निर्देशक चनमन श्रीमलले संस्थाको परिचय दिँदै यस संस्थाद्वारा गरिने विभिन्न कार्यक्रमहरुले बालबालिकाहरुलाई सिर्जनात्मक तथा मनोरञ्जनात्मक क्रियाकलापको साथमा नयाँनयाँ विचार कला र सीपलाई वृद्धि र विकास गर्ने वातावरण सिर्जना गर्दै आएको जानकारी दिए। उनले समाजमा भएका विकृति र विसंगतिका कार्यहरु, धूमपान, मद्यपान, छाडापन, लागूऔषधको सेवन आदिबाट मुक्त हुँदै सकारात्मक सोच, आत्मबलको विकास, सुन्दर भविष्यको चाहना आफैंभित्र लुकेको मूल्यवान खुबीको प्रस्फुटन, असल चरित्र निर्माण गर्ने रहर, सफल जीवनको अनुभव र सफल जीवनको भागिदार हुने मौका पाइरहेको बताए।

हाल यस संस्थामा आश्रय लिइरहेका ३३ जना बालकहरु विद्यालय जान्छन्। ३ जनाले हिमालयन लाइफ नेपालमै हुर्किएर पारिवारिक जीवन सुरु गरिसकेका छन्। ६ जना सडक बालिकाहरुलाई होस्टलसम्म पुर्याउने कोसिस भइरहेको छ र आगामी दिनमा तिनका लागि पनि होस्टलको व्यवस्था गर्ने लक्ष्य लिइएको छ।

हिमालयन लाइफ नेपाललाई सक्रियतापूर्वक अगाडि बढाउन स्विस नागरिक दानियल बुर्गीले सहायता गर्दै आएका छन्। संस्थाले अर्थोपार्जनका लागि पोखरा औद्योगिक क्षेत्रमा हिमालयन लाइफ प्लास्टिक उद्योग पनि सञ्चालन गर्दै आएको छ। संस्था सञ्चालनका लागि दातृ निकायको भर पर्नु भन्दा आफैं आय आर्जनको काम गर्न सके दिगो हुने सोचाइ अनुरूप पोखरामै साबुन उद्योग खोल्ने योजना बनाएका बुर्गी सडकमा प्लास्टिकका बोतल बटुलिरहेका बालबालिका देखेपछि प्लास्टिक रिसाइकल उद्योग खोल्ने निर्णयमा पुगेका थिए। २०७० सालदेखि सञ्चालनमा आएको यस उद्योगमा ६५ मजदूर कार्यरत छन्।

नयाँगाउँ पोखरा

कमल पोखरेली

 

 

 

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In