पाँचथर- २०७५ बैशाख २७ गते अज्ञात समुहद्वारा गरिएको अागजनीले क्षति पुराएकाे पाँचथरको चतुरे स्थित हेब्राेन मण्डलीकाे निम्ति संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ। संकलन गरिएको रकम रु.९०,३३०/= एन.सी.एफ.नेपालकाे १ नं.प्रदेशकाे कार्यालयमा हेब्राेन मण्डलीकाे वरिष्ठ पाष्टर के.बी.राईज्युलाई एन.सी.एफ.नेपालकाे केन्द्रीय सह सचिव पा.हिमाल जाेसेफ राई र १नं.प्रदेशका अध्यक्ष पा.बिकास राईद्वारा हस्तान्तरण गरिएको छ।
घटना लगत्तै एन.सी.एफ.नेपालद्वारा स्थलगत निरिक्षण गरी तत्काल राहत स्वरप रु.३००००/= प्रदान गरीनुका साथै पा.हिमाल जाेसेफ राईकाे संयाेजकत्वमा ५ सदस्यीय सहयाेग संकलन समिति गठन गरी सहयाेग संकलन गरिएको थियाे।अार्थिक सहयाेग गर्ने सबैलाई एन.सी.एफ.नेपाल र हेब्राेन मण्डली पाँचथरले धन्यवाद प्रदान गरेकाे छ।
Discussion about this post