पोखरेली ख्रीष्टिय समुदाय, असल छिमेकी नेपालले यही साउन २ गते पर्वत जिल्ला जलजला गाउँपालिकामा गएको पहिरो प्रभावित २१ घरपरिवारलाई राहत वितरण गरेको छ। असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले जलजला गाउँपालिका वडा नं. ७ र ८ बाट साउन ७ गते पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपाललाई पहिरो प्रभावित घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइदिन अनुरोध पत्र प्राप्त भएअनुसार सहायता लिएर ११ गते सो स्थानमा पुगेको बताए।
राहतमा प्रत्येक घरपरिवारलाई १५ दिनलाई पुग्ने खाद्यान्न साथै अन्य अत्यावश्यक सामग्री प्रदान गरिएको छ। राहत सामग्रीमा चामल २५ केजी, दाल ३ केजी, मस्यौरा ८०० ग्राम, नुन १ केजी, तेल २ लिटर, साबुन नुहाउने र लुगा धुने गरी ४ वटा, टुथपेष्ट १ वटा, टुथब्रस ६ वटा, सेनेटरी प्याड ६ प्याकेट, पानी शुद्धीकरण चक्की १० चक्की, पोलर कम्बल २ थान, पि म्याट ४ मिटर, त्रिपाल १ थान, झुल २ थान र झोला १ थान रहेका छन्।
कार्यक्रममा पोखरेली ख्रीष्टिय समुदाय असल छिमेकी नेपालका तर्फबाट अध्यक्ष भविन्द्र राना, महासचिव रामप्रसाद शर्मा, पोखरेली ख्रष्टिय दिदीबहिनी अध्यक्ष सरला अधिकारी, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, वडा नं ८ का अध्यक्ष हरिविकास जिसी, वडा नं. ७ का अध्यक्ष तुङनाथ शर्मा, सुरक्षा निकायका तर्फबाट असई प्रेमबहादुर नेपाली लगायतको उपस्थिति थियो।
त्यसैगरी यही साउन २० गते असल छिमेकी नेपालले पर्वत जिल्लाको जलजला गाउँपालिका वार्ड नं ७ र ८ बाढीपहिरोबाट प्रभावित परिवारका बिद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी सामग्री बितरण गरेको छ। यसबाट ९ जना छात्र र १४ जना छात्रा गरी २३ जना विद्यार्थीहरु लाभान्वित भएका छन्। असल छिमेकी नेपालका बालकृष्ण केसीका अनुसार पोशाक तथा स्नेनरी सामग्रीबाट लाभान्वित हुने विद्यार्थीहरुमा शिव शर्मा, अनिताशर्मा, सुदिप परियार, प्रताप परियार, माया परियार, सम्झना परियार, अजित परियार, शिमोन परियार, रबिन परियार, अस्मीता परियार, शुनिल परियार यमुना परियार, खुशी परियार, स्नेह परियार, स्मृती परियार, अन्जु परियार, कुसुम परियार, अशिष परियार, बिन्दीयामाझी, बिपना माझी बिनिता माझी, पार्वती पुन रहेका छन्। उनीहरुमध्ये कक्षा १ का ३ जना, कक्षा २ — ५ सम्म १० जना र कक्षा ६ — १० सम्म १० जना रहेका छन्। जलजला गाउँपालिका अध्यक्ष्य हरिविकास जि सीको रोहवरमा प्रत्येक विद्यार्थीलाई सर्ट प्यान्ट १ जोर, झोला एक थान, जुत्ता १ जोर, नेल कटर १ थान, तौलिया १ थान, काइँयो १ थान, मोजा १ जोर, छाता १ थानका साथै कापीकलम आदि प्रदान गरिएको हो।
कमल बिएन
पोखरा
Discussion about this post