यही जेठ २३ र २४ गते कास्की पोखरास्थित नयाँ गाउँ चर्चमा एनसीएफ नेपालको पश्चिमाञ्चल क्षेत्रीय पास्टर अगुवा सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन पा. वीरबहादुर कार्की, पा. वीरबहादुर तामाङले र दोस्रो दिन पा. ग्रीष्म पराजुली, पा. ढाकाराम बुढामगर र ए. प्रदीप ढुंगानाले प्रशिक्षण दिएका थिए । एनसीएफ नेपाल पश्चिमाञ्चलको आयव्यय विवरण पा. हरिराम घिमिरेले प्रस्तुत गरेका थिए भने प्रत्येक जिल्लाबाट प्रार्थनाको अगुवाइ अ.पा. मुक्ति ढकालले गरेका थिए । कार्यक्रमको दोस्रो दिन हरियो खर्क स्थित कृषि फार्मको अवलोकन भ्रमण गरिएको थियो । एनसीएफ नेपाल पश्चिमाञ्चलको प्रतिवेदन ए. प्रकाश श्रेष्ठले प्रस्तुत गरेका थिए । सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रका करिब २०० पास्टरअगुवाहरुको सहभागिता थियो ।
कलम पोखरेली
नयाँ गाउँ, पोखरा
Discussion about this post