प्रिय पास्टर तथा अगुवाज्युहरू:
देशको लागि प्रार्थना गर्न भेला हौँ। राजनीतिक अस्थिरताको अन्त्य, राष्ट्रिय एकता र नयाँ संविधानको लागि।
अझै परमेश्वरसँग प्रार्थना गरौं मर्कूस ११:२५ जस्तै ।
जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्।
मिति: आइतवार अप्रिल २८, २०१३; वैशाख १५, २०७०
समय: बिहान ८ देखि दिउँसो १२ बजेसम्म
स्थान: पवित्र प्रेम मण्डली, ठाडो ढुंगा धोवीघाट, ललितपुर
अतिथि-सत्कार: अगुवा अर्जुन भण्डारी तथा सम्पूर्ण मण्डली परिवार
(फोन ९८४१३२०३०६)
प्रार्थना अगुवा: पास्टर कुमार लामा
पवित्र प्रेम मण्डली कसरी पुग्ने?
(१) तपाई रिंगरोडबाट आउदा सानेपाको छेउमा नयाँ बाटोमा गाडीबाट ओर्लनोस नयाँ तपाई बल्खु पटीबाट आउदा बाटो क्रस गर्नु पर्दैन तर नख्खुबाट आउदा बसबाट ओर्लेर बाटो काटेर ILO को अफिसको बाटो हुदै उकालो तिन मिनेट जति हिडेपछि पवित्र प्रेम मण्डली दायाँ पटी देख्नुहुन्छ । त्यसैगरी तपाई जाउलाखेलबाट सेन्ट मेरी स्कुलकोबाटो हुदै पश्चिम तिर जानुहोस् र ठाडो ढुंगा भन्ने ठाउँमा पुगेपछि दुई मिनेट बायाँ पटी जानुहोस तपाईले पवित्र प्रेम मण्डलीको बोड देख्नुहुन्छ।
(२) केही अप्ठ्यारो परेमा सम्पर्क फोन: ९८४१९५७९२७ राजकुमार श्रेष्ठ, अर्जुन भण्डारी ९८४१३२०३०६
यदी तपाईले यो निम्तो www.nepalchurch.com मा पढ्नु भएमा तपाँईलाई पनि स्वागत छ।
समयमा आइपुग्न ६ बजे नै यात्रा शुरु गर्नुहोस्। आफू पनि आउनुहोस्, साथीलाई पनि ल्याउनुहोस्। बाइबल कलेजका विधार्थीहरूलाई पनि धेरै स्वागत छ। कृपया बाइबल कलेजका प्रिन्सिपलहरुले पनि विधार्थीहरूलाई प्रार्थनामा भागलिनको लगि उत्साह दिनुहुन “नेपाल प्रार्थना अभियान” विनम्र अनुरोध गर्दछ। हस् त, आइतबार बिहान ८ बजे प्रार्थनामा भेटौँ, परमेश्वरबाट आशिर्वादको आशा राखेर।
येशू ख्रीष्टमा,
राजकुमार श्रेष्ठ
नेपाल प्रार्थना अभियान समितिको आज्ञाले
Discussion about this post