Nepal Association of Christian Accountants, NACA (नाका) काठमाण्डौले काठमाण्डौमा भएका ख्रीष्टियन एकाउन्टेन्टहरुको भेला शेयरिङ इज् केयरिङ भन्ने मूलथिमलाई आत्मसाथ गर्दै यहि मिति २०७४ माघ २७ गते नख्खु ललितपुर स्थित एन् बि सि बि एसको हलमा सम्पन्न गर्यो। उक्त कार्यक्रममा काठमाण्डौ भित्र रहेका २५ ख्रीष्टियन एकाउन्टेन्टहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नाकाको इतिहास र आवश्यकताको बारेमा श्री होम खत्रीज्यूले प्रष्ट पार्नुभएको थियो भने श्रीमति आशा नेपाली गुरुङ्गले हालभइरहेको गतिविधि तथा कार्यक्रमको बारेमाजानकारी गराउनुभयो। यसैगरी श्री प्रकाश श्रेष्ठज्यूले नाकाको भावी योजनाहरु सहभागीहरु समक्ष प्रस्तुतगर्दै अन्य ख्रीष्टियन एकाउन्टेन्टहरु साथै यो क्षेत्रमा अध्ययन गर्दै रहनु भएका विद्यार्थीहरुलाई पनि नाकामा आवद्ध हुनलाई आव्हान गर्नुभएको थियो। उक्त भेटघाट कार्यक्रमको सन्चालन श्री सुरज शाक्यज्यूले गर्नुभएको थियो।
नाका नेपालभर रहेका सबै ख्रीष्टियन एकाउन्टेन्टहरुको साझा समूह हो जसले येशु ख्रीष्टको उदाहरण पछ्याउँदै लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी सेवा प्रदान गर्दछ। नाका ध्येय यस समूहमा रहेका व्यक्ति , सम्बन्धित संघ संस्थाहरु र नेपाली मण्डलीहरुलाई लेखा तथा वित्त व्यवस्थापनमा पारदर्शिता अपनाउँदै इमान्दार र निष्ठावान् हुनलाई उत्साहदिनु हो।
Discussion about this post