यही माघ २४ गते तोडा बचत तथा ऋण सहकारी संस्था लि. को पाँचौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो। संस्थाको प्राङ्गणमा आयोजित वार्षिकोत्सव कार्यक्रमको अवसरमा संस्थाको सामाजिक दायित्व अन्तर्गत ३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरियो। असल छिमेकी नेपालबाट सञ्चालित नवजीवन पुनस्र्थापना केन्द्रमा रहेका सेवार्थीमध्ये ३ जना महिलाका एक÷एक बालबालिकालाई छात्रवृत्ति स्वरुप रु. १५,०००।— तोडा सहकारीका उपाध्यक्ष ग्रीष्मकेशव पराजुलीले प्रदान गरेका थिए।
छात्रवृत्ति प्रदान कार्यक्रमपछि संस्थाका बोर्ड मेम्बरहरु र स्टाफहरुसहित २३ जनाको टोली अवलोकन भ्रमणका लागि रिट्ठेपानीस्थित नेपालकै नमुना बंगुर फार्म “पोखरा लाइभस्टक बंगुर फार्म” मा पुगेको थियो। फार्ममा कोरियामा हासिल गरेको सीप प्रयोग गरी बंगुर फार्म खोलेर नाम र दाम दुवै कमाउन सफल छ्यामबहादुर थापाले आफूले देशमै केही गरौं भन्ने सपना बोकेर बंगुर पालनमा लागेको बताए। जहाँ फोहर त्यहाँ मोहर भन्ने बुझ्न सके आम्दानीका लागि विदेश जान नपर्ने भन्दै उनले यस देशमा धेरैभन्दा धेरैले कृषि तथा पशुपालन पेशामा आवद्ध भएर देशलाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिएका थिए।
Discussion about this post