१५ पुस २०७४:- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसि(निलकण्ठ नगरपालिका )मा रहेको अभिषेक मण्डली धादिङबेसिको मण्डली भवन विविध कार्यक्रमका बिच उदघाटन सम्पन्न गरिएको छ, केही बर्ष देखिनै निर्माण हुँदै आएको उक्त मण्डली हालै निर्माण सम्पन्न गरि उद्घाटन गरिएको हो । कार्यक्रममा उक्त मण्डलीका पास्टर टेकबहादुर तामाङले मण्डली सुरु गर्दा आफुले थुप्रै चुनौतीहरु सामना गर्नुपरेको बताउनुहुदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको थियो, मण्डली भवन निर्माणमा विशेष योगदान गर्नुहुने ब्यक्तिहरु आइटिनका सस्थापक पा टङ्क सुवेदी र जोनको कोरिएन टिमलाई विशेष सम्मान पनि गर्नुभएको थियो ।
करिब ४०० जना ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पा लोक बहादुर तामाङ, शान्ति नेपालका सस्थापक कृष्णमान शाक्य लगाएत थुप्रै पास्टर अगुवाहरुको उपस्थिति भइ विविध सांस्कृतिक कार्यक्रममा बिच उदघाट्न हर्सोउल्लासका साथ सम्पन्न भयो ।
प्रकाश घले धादिङ
Discussion about this post