रामघाट, पोखरा ।
पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपालले यही मंसिर १५ र १६ गते नेपाल ख्रीष्टिय रामघाट चर्चको प्राङ्गणमा उद्देश्यमूलक ख्रीष्टमस रमाइलो मेला भव्यताका साथ सम्पन्न गरेको छ ।
ख्रीष्टमस साङ्गीतिक कार्यक्रम मेलाको प्रमुख आकर्षण रहेको थियो । एकता सांगीतिक परिवार काठमाडौंबाट सलोमी तिमोथीका साथै लोकप्रिय गायक कर्ण दास, कौशिला राई, सामसुङ तामाङ, जिलट व्याण्ड, रामघाट चर्च युथ, इम्मानुएल लाइट चर्च युथ, बागबजार चर्च युथ लगायतको प्रस्तुति रहेको थियो ।
मेलामा विभिन्न व्यापारिक स्टलहरु राखिएका थिए । स्टलहरुमा खाद्यपदार्थका साथै लत्ताकपडा तथा जानकारीमूलक सेवाहरु पनि प्रदान गरिएका थिए । पोखरामा रहेका चर्चहरुका साथै बाहिरबाट समेत सयौंको संख्यामा दर्शकहरु मेलामा रमाएका थिए ।
असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले यस कार्यक्रमबाट रु. २,००,००० (दुई लाख रुपैयाँ) संकलन गर्ने लक्ष्य रहेको तर रु. ३,००,००० (तीन लाख रुपैयाँ) संकलन गर्न सफल भएको बताए । उनका अनुसार संकलित रकम स्वास्थ्य सेवाबाट बञ्चित असहायहरूका लागि प्रयोग गरिनेछ ।
मेलाको मुख्य प्रायोजक एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा.लि. थियो भने आईएनएफ नेपालले मेलाको सहप्रायोजन गरेको थियो । कार्यक्रमका अन्य सहयोगीहरुमा पोखरेली ख्रीष्टिय समुदाय, पोखरेली ख्रीष्टिय दिदीबहिनी संगति, पोखरेली ख्रीष्टिय जवान संगति तथा नेपाल ख्रीष्टिय रामघाट मण्डली रहेका थिए ।
Discussion about this post