फूलबारी, पोखरा—लेखनाथ, कास्की
शालोम एजी चर्च फूलबारी पोखरामा सगोलको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा विशेष अतिथि पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. भविन्द्र राना, सगोलका अध्यक्ष डा. बुद्धिबहादुर थापा, उपाध्यक्ष कृष्ण अधिकारीले बोलेका थिए । संस्थाका सहसचिव प्रकाश क्षेत्रीले आ.व. २०७३÷७४ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सोही आ.व. को आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष दुर्गा गुरुङले प्रस्तुत गरेकी थिइन् । संस्थाका सल्लाहकार राजेन्द्रकुमार अधिकारीले प्रमुख अतिथि र विशेष अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गैसस महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी थिए । कार्यक्रममा बोल्दै उनले गैसस सरकारको समानान्तर संस्था नभएको प्रष्ट पारे ।
![](https://nepalchurch.com/wp-content/uploads/2017/10/Sagoal-1024x768.jpg)
सगोलका कार्यक्रम प्रबन्धक राजकुमार रायमाझीले सगोल नेपालमा भएका समुदायहरु सकारात्मक रुपमा रुपान्तरिक हुनेछन् भन्ने दर्शन बोकेर स्थानीय समुदायको विकासमा सहायता पुर्याउने उद्देश्यले स्थापना भएको एक जनहितकारी गैसस भएको जानकारी दिए । सगोल शब्दको अर्थ सँगसँगै रहेर एउटै उद्देश्य प्राप्तिका लागि अघि बढ्नु अर्थात् एउटै परिवारमा भएको भन्ने हुन्छ । यस संस्थाले स्थानीय समुदायको सर्वांगीण विकासको लागि स्थानीय स्तरमा रहेका समूहहरुको क्षमता अभिवृद्धि गरी गरिबीलाई कम गर्नको लागि ती समूहहरुसँग साझेदारीमा काम गर्दै आएको छ ।
Discussion about this post