• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्राचीन समयमा यहूदी तथा नेवार जातिहरूको भारतको मालाबारसँग सम्बन्ध

by NC Reporter
August 16, 2017
in Articles, Special

भारतको केरला प्रदेशमा पर्ने मालाबार भन्ने स्थान जति यहूदीहरूका लागि महत्वपूर्ण छ, उति नै नेवार जातिहरूका लागि पनि महत्वपूर्ण छ। अरब सागरको किनारमा रहेको मालाबारको तट धेरै उब्जनी हुने ठाउँ हो, जसको जलवायु उष्ण छ। यसको पश्चिममा अरब सागर छ भने यसको पूर्वमा ठूला–ठूला  पहाडहरू र पश्चिम घाटको घना जंगल छ। मालाबार तट पहाडहरूले घेरिएको हुँदा पहिले यहाँका बासिन्दाहरूको शेष भारतसँग जमिनको बाटो भएर आवत जावत हुँदैनथ्यो। मुख्यतया यहाँबाट भारतको अन्य भाग वा विदेशमा समुद्री बाटोबाट मात्र सम्पर्क हुन्थ्यो। मालाबारको तट समुद्र किनारमा रहेको एउटा लामो पट्टी हो, जुन उत्तरमा गोवा र दक्षिणमा कन्याकुमारीसम्म गएको छ। यसको लम्बाई ६०४ किलोमिटर छ। मालाबारसँग यहूदीहरूको सम्बन्ध धेरै पुरानो छ। राजा सोलोमनको समयदेखि नै यहाँ यहूदी बस्ती थियो। प्राचीन समयमा मालाबार तट विशेषगरी मसलाको व्यापारको लागि प्रसिद्ध थियो। सोर्‍यौ सताव्दी सम्म पनि मालावार तटको मसलाको व्यापारमा यहूदीहरूको बर्चस्व थियो। जापान चीन लगायत एसियाका विभिन्न देशबाट युरोप, अफ्रिका र अरबमा यही बाटो भएर मसला जान्थ्यो। यो मसलाका लागि विश्व बजार भने पनि हुन्छ।

मालाबार तट विश्वको विभिन्न भागहरूका विदेशी व्यापारीहरू र आगन्तुकहरूका लागि प्रमुख गन्तव्य थियो। मालाबार तटमा मुजिरिस नामक बन्दरगाह थियो। जो संसारका अति व्यस्त बन्दरगाह मध्येमा पर्दथ्यो। यस बन्दरगाहको बारेमा प्राचीन युनानका धेरै ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। यस बन्दरगाहमा चीन, जापान, ग्रीस, अरब यमन देशहरूबाट सयौं जहाजहरू आइरहन्थे। यस बन्दरगाहमा विश्वका धेरै देशका वासिन्दाहरू आइरहन्थे। भारत सरकारले मालाबारको मुजिरिस बन्दरगाहलाई नयाँ पर्यटन गन्तव्यको रूपमा विकास गर्दैछ। भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले मुजिरिस विरासत परियोजनाको उद्घाटन इ.सं. २०१६ फ्रेब्ररी २७ तारिखका दिन गरेका थिए। इब्रबतुता र मार्काेपोलो जस्ता प्रसिद्ध यात्रीहरूले यहाँ आएर मालाबारका बन्दरगाहहरूका बारेमा लेखे। भनिन्छ क्रिस्टोफर कोलोम्बसले मालाबारको खोजीमा नै समुद्री यात्रा गरेका थिए। यहाँका राजाहरू हिन्दु भए तापनि यहूदी र इसाईहरूलाई संरक्षण दिएका थिए। अरबी र युरोपियनहरू मसला लिन यहाँ आइरहन्थे भने चिनियाहरू पनि यहाँ आइरहन्थे। युनानी र अरबीहरूले यहाँ सुन दिएर मसला किन्ने गर्दथे। मालाबारको कोडुंगलुरमा सबैभन्दा पहिले सुसमाचार पुगेको थियो।

मालाबार तटमा प्रभु येशूलाई टांगिएको केही वर्षमा नै सुसमाचार पुगेको थियो। प्रभु येशूको बाह्र जना चेलाहरू मध्ये एकजना थोमा यहाँका यहूदीहरूलाई सुसमाचार सुनाउन इ.स. ५२ मा यहाँ आइपुगेका थिए। उनी मालाबार आएको र त्यहाँ चर्च स्थापना गरेका प्रमाणहरू मालाबारमा अहिले पनि धेरै देख्न सकिन्छ। मालाबार कोडुंगल्लुरमा प्रभु येशुको चेला थोमाले बनाएको चर्च अहिले पनि छ। जब रोमनहरूले सन् ७० मा यरूशलेम विनाश गरे तब धेरै यहूदीहरू समुद्रको बाटो भएर यही मालाबारमा आएका थिए। अहिले मालाबारमा थोरै मात्र यहूदीहरू बसिरहेका छन्। धेरै यहूदीहरू इजराएल देश स्थापना भएपछि इजराएलमा फर्किसकेका छन्। केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजराएल जाँदा उनले यहूदी समुदायको भारतसँग शताब्दीऔं पुरानो सम्बन्ध देखाउने  दुईवटा प्रमाणहरू इजराएली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई उपहारका रूपमा दिएका थिए। यहूदीहरू आपत पर्दा भागेर आउने स्थानहरूमध्ये मालाबार प्रमुख स्थान थियो। सिरियामा चौंथो शताब्दीमा इसाईहरूमाथि सतावट हुँदा त्यहाँका इसाईहरू भागेर यहीँ आएका थिए, जसलाई सिरियन इसाई भनिन्छ। उनीहरूका सन्तानहरू अहिले पनि मालाबारमा छन्। अहिलेसम्म पनि त्यहाँको अर्थाेडक्स सिरियाली चर्चमा प्राचीन सिरियाको सङ्गीत सुन्न सकिन्छ। एउटा रमाइलो कुरा के हो भने धेरै इतिहासकारहरूले नेवारहरू मालाबारबाट नै आएका हुन् भनेर लेखेका छन्। मेजर डब्लू बुक नर्भे भन्ने एकजना इतिहासकारले आफ्नो अङ्ग्रेजी पुस्तक “The Land The Gurkhas” (गोर्खाहरूको भूमि) मा मालाबारबाट आएका नायरहरू नै नेवार हो भनेर यसरी लेखेका छन्।

— “नान्यदेवले आफूसँग दक्षिण भारतको मालाबार जिल्लाका नायर भन्ने ठाउँबाट आएका सिपाहीहरूको एउटा बस्ती बसाले। बहुसंख्यक नेवारहरू तिनीहरूका नै बंशज हो भनिन्छ।”

इतिहासअनुसार मालाबारका नायरहरू लडाकु जाति थिए। तिनीहरू सैनिक समाजका थिए। लडाइँ गर्न तिनीहरू धेरै टाढा–टाढासम्म पनि जान्थे। तिनीहरूका पत्नीहरू आफ्ना बुबाका घरमा रहन्थे। तिनीहरूलाई कुनै कुनै राजाहरूले भाडामा सेनाको रूपमा पनि काम गर्न लाउँथे। नायरहरू र नेवारहरको सम्बन्धको बारेमा धेरै जना इतिहासकारहरूले लेखेका छन्। जस्तो कि पण्डित गुणानन्दको वंशावली मुन्सी शिवशंकर सिंहद्वारा अङ्ग्रेजीमा अनुवादित तथा दानिएल राइटद्वारा सम्पादित नेपालको इतिहास भन्ने पुस्तकमा नेवारहरूका बारेमा यस्तो लेखिएको छ,

— “ललितपटन र कान्तिपुरमा राजा जयदेव र भक्तपुरमा आनन्द मल्लले राज्य गरिरहेको समयमा इति संबत १० र नेपाल संम्बत ९ (सन ८८९) श्रावण सुदी सप्तमी शनिवारका दिन दक्षिण कर्णातक देशबाट नान्यदेव राजा भित्र पसे। उहाँले इति सहकाल सम्बत ल्याएर चलाउनुभयो। उहाँको सेनामा नायर भन्ने देशका ब्रम्हपुत्र क्षेत्री र आचार भन्ने नेवारहरू थिए। ” प्राचीन नेपालको इतिहासमा मालाबारसँग नेवारहरूको घनिष्ठ सम्बन्ध देखाएकोले मालाबार र नेवारहरूको सम्बन्धलाई हामीले बिर्सन हुँदैन। त्यसैगरी भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले नेवारहरू दक्षिण भारतबाट आएका नायरहरू हुन् भनेर आफ्नो पुस्तक ‘हिन्दु राष्ट्र नेपालमा’ लेखेका छन्। त्यसै गरी आजकाल उपलब्ध भएको विस्तृत नेपाली भाषाका वंशावलीमा नान्यदेवसँग नेवारहरू आएको कुरा यसरी लेखिएको छ,  “शाके सम्वत ८११ नेपाल सम्वत १० लाग्दा जयदेव आनन्द मल्लको पालामा दक्षिण तिरको कर्णातक देशबाट नान्यदेव राजा आएर नेपालका राजाहरूलाई लडाइँमा हराएर ती राजाहरूलाई खेदे। राजाको सेनामा नायर देशका बासिन्दा नेवारहरू धेरै थिए।”

नायरहरूको चालचलन केरलाको अन्य जातिहरू सँग नमिल्ने भएकोले उनीहरू बाहिरबाट मालाबारमा आएको मानिन्छ। चौंथो शताब्दीतिर उनीहरू उत्तरतिरबाट आएको मान्नेहरू पनि धेरै छन्। उनीहरूका नृत्यहरू केही चीनको नृत्यसँग मिल्ने भएकोले सायद उनीहरू चीनबाट आएको होलान् भन्नेहरू पनि छन्। नायरहरूका बारेमा लेख्ने केही विद्वानहरूले उनीहरू नेपालबाट आएको नेवारहरू हुन पनि भनेका छन्। इतिहासकारहरूका अनुसार मालाबारका नायरहरू र नेवारहरूका बीचमा केही समानता छन्, ती हुन् :

  • मन्दिर बनाउने तरिका समान छन्।
  • नेवारहरूले बालिकालाई बेल विवाह गरिदिने चलन जस्तै उनीहरूको पनि चलन छ।
  • खेती गर्दा प्रयोग हुने केही सामानहरूको उच्चारण समान छन्।
  • काठमाडौं उपत्यकाको र मालाबार जिल्लाका केही स्थानहरूको नाम मिल्न आउँछ, जस्तो कि गोदावरी, गोकर्ण।
  • केटीहरूको नाक नछेड्ने चलन।
  • खर्पनको प्रयोग।
  • गोरु नजोत्ने चलन।

डा. फर्गुशन र कर्णेल कर्क पेट्रिक जस्ता विद्वानहरूले पनि नेपालका नेवारहरू र मालाबारका नायरहरूका बीच कुलसम्बन्धी समानता होला भनेर लेखेका छन्। तर नेवारहरूको अनुहारको बनोट र एकाक्षरी अक्षर लेख्ने चलनले मालाबारबाट नायरहरू आएर नेवार भएको हैन कि बरू नेवारहरू गएर मालाबारमा नायर जातिको रूपमा विकसित भएको पनि हुन सक्छ  भन्नेहरू पनि छन्। अमेरिकी इतिहासकार डाक्टर थ्यूरीले हाले नयाँ विचार प्रस्तुत गरेका छन्। उहाँको भनाइ अनुसार काठमाडौंका नेवारहरुको एउटा समूह बसाई सरेर मालाबार गएका हुन। उनीहरू नै मालाबारका नायरहरूका पूर्खाहरू हुन्। यस सिध्दान्त अनुसार नेवारहरु काठमाडौंका आदिवासीहरु हुन् भन्ने कुरा पुष्टि हुन आउँछ।

— नरेश दुवाल

(लेखक नेवार भाषाको पत्रिका ‘न्हूगु स्वां’ सँग सम्बन्धित हुनुहुन्छ)

प्रतिक्रियाको लागि:

naresh2066@hotmail.com

 

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In