• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असल छिमेकीद्वारा तीन विद्यालय हस्तान्तरण

by NC Reporter
July 20, 2017
in News & Events

Kamal BN
सिरानचोक, गोरखा

जेठ २८ र २९ गते गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटस्थित तीनवटा विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ । भूकम्पपछि विगत दुई वर्षदेखि टहरोमा सञ्चालित ३ विद्यालयका लागि पोखरेली ख्रीस्टियन समुदायको सामाजिक अंग असल छिमेकी नेपालले भूकम्प प्रतिरोधी भवन पुनर्निर्माण गरिदिएको हो ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु गुरुङले स्कुलहरूको विद्यालय भवन उद्घाटन गर्दै भने— “म देशविदेश घुमेको छु । मेरा धेरै विदेशी साथीहरू छन् । नेपालमा आउने सहायता कसरी संकलन हुन्छ भन्ने कुरा मलाई थाहा छ । विदेशी दाताहरूले उनीहरू धनी भएकोले, फालाफाल भएकोले दिएका होइनन् । त्यहाँका बालबालिकाहरूले, बुढाबुढीहरूले समेत आफ्नो खाजा खर्चबाट बचाएर एकएक डलर यसमा परेको छ । यो कुरा सबैले बुझ्नुपर्दछ ।” अब नवनिर्मित संरचनाको संरक्षण गर्ने जिम्मा श्रीनाथकोटबासीको काँधमा आएको बताउँदै उनले विद्यालय सफल हुनका लागि शिक्षक, अभिभावक र व्यवस्थापन समिति जिम्मेवार भएकोमा जोड दिए।

Arcul school

जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिका रुपमा जौबारी स्रोतकेन्द्रका स्रोत व्यक्ति डोलमान श्रेष्ठले असल छिमेकी नेपाललाई नामजस्तै असल काम गर्ने संस्था भनी प्रशंसा गरे । त्यस्तै पत्रकार महासंघ नेपालका अध्यक्ष किशोरजंग थापा गैससहरूको कामको चर्चा गर्दै असल छिमेकी नेपाल गैससहरूका बीचमा उदाहरणीय संस्था बन्न सफल भएकोमा बधाई दिए । कार्यक्रममा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले सरकारी निकाय र स्थानीय बासिन्दाको सहयोगले नै आफूहरू तोकिएको समयमा काम गर्न सफल भएको बताए । उनले नवनिर्मित संरचनाहरूलाई आफ्नै घर सम्झेर वास्ता गरिदिन आग्रह पनि गरे ।

भूकम्पपछि राहत वितरणको काममा सक्रिय असल छिमेकी नेपाल, पोखरालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले श्रीनाथकोटमा चारवटा विद्यालय भवन पुनःनिर्माणको जिम्मा दिएको थियो । तीमध्ये तीनवटा विद्यालय पुनःनिर्माण भइसकेको र जनकल्याण माविको १४ कोठे भवन निर्माणको काम तीव्र रुपमा अघि बढाइएको संस्थाका कार्यक्रम संयोजक विजयकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ७५ लाख रुपैयाँ लागतमा अर्कुल प्राविको ६ कोठे भवन, ८५ लाख रुपैयाँको लगानीमा जनजागृति प्राविको ६ कोठे भवन र ६५ लाख रुपैयाँ लागतमा चन्द्रोदय माविका ४ कोठे भवन पुनःनिर्माण भएका हुन् ।

असल छिमेकी नेपालले यसअघि श्रीनाथकोट वडा कार्यालय भवनका साथै श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक, घैरुङ, आँपपीपलमा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले पनुर्निर्माणमा उत्कृष्ट गैसस भनी असल छिमेकी नेपाललाई सम्मान समेत गरेको छ ।

g1 (1)

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In