आदरनीय मित्रहरू,
गत एप्रील २४ सोमबार बेलुका सिन्धुली बजार नजिकै आक्रमनमा परी घाइते हुनुभएका र हाल काठमाडौमा उपचार गरीरहनुभएका पास्टर युवकको विषयमा मैले बुझेका र विस्लेसन गरेका केही जानकारी तथा सुझाव प्रस्तुत गरेको छु। यसले तपाईलाई प्रार्थनासाथ तपाईका विचार व्यक्त गर्न साथै सहयोगको कदम उठाउन टेवा मिल्नेछ भन्ने आसा राखेको छु।
विरामी पास्टर युवकको अवस्थाः
घटनाः घरतिर जाँदै गर्दा राति ९:३० बजे “किन हामीलाई साइड नदिएको?” भनी प्रस्न सोधी उहाँकोपछि मोटरसाइकलमा सवार ३ जनाको समूहले आक्रमन गरेको। उहाँसँगै सवार अर्को पास्टर फरार बनेको। उहाँलाई लात तथा बक्सीङ प्रहार भएको र एकजनाले पछाडिबाट ढुङ्गाले प्रहार गरेपछि पास्टर भाइ अचेत बनी ढलेको। हालः आक्रमनकारी फरार रहे पनि व्यक्ति ठम्याइ सक्नुकासाथै निजका बुवाहरू हिरासतमा लिएको जानकारी विरामीले दिनुभएको छ।
अहिलेको अवस्थाः नजिकैको स्वास्थ्य चौकीमा उपचार गरी दोस्रो दिन उपचारकोलागि काठमाडौ आएको। उहाँको नाकभित्र, टाउकोको देब्रे भागमा, तथा दुवै आँखामा चोट तथा सुनिएको भएपनि चिकित्सकका अनुसार उहाँ खतरा मुक्त भएको अवस्था। तापनि उहाँको उपचारमा केही समय लाग्न सक्ने अवस्था। हाल विरामीहरू धापाखेल स्थित आफन्तकोमा बस्नुभएको।
आर्थिक अवस्थाः एकजना साथीबाट रु २०,००० (बीस हजार) लिएर आएको अब ५,००० मात्र बाँकी रहेको अवस्था। उपचार खर्च, बसाइ तथा यातायात सबै जोड्दा अनुमानिस खर्च ५० देखि ६० हजार लाग्ने देखिन्छ।
विरामी पास्टरको संवेगात्मक अवस्थाः बदलाको भावना नभएको, क्षमा दिन र मिलाप गर्न इच्छुक।
राजनैतिक माहोलः काङ्ग्रेस तथा एमालेका नेताहरूले पनि भेटेर “हामी काम गर्छौ” भनी आस्वासन दिएको अवस्था, कति मित्रहरूले “ज्यान मार्ने मुद्दा लगाउनुपर्छ” भनी उकास्दै गरेको अवस्था।
मेरो विस्लेसनः
यो कुनै नियोचित घटना नभएर, आकस्मिकरूपमा घटन गएको घटना देखिन्छ। विरामीको संवेगात्मक अवस्था पनि बलियो देखिन्छ। उहाँ क्षमा दिन, मिलाप गर्न इच्छुक देखिन्छ। क्षमा लेनदेन, मिलाप र क्षतिपूर्तिको माग सबैभन्दा उचित तथा बाइबलीय बाटो देखिन्छ।
हामीले गर्न सकिनेः
१. विरामी परिवारलाई भेटेर प्रार्थना तथा उत्साह दिइ राख्ने
२. केही रक्कमहरू संकलन गरी आर्थिक सहयोग गर्ने
३. पिडक र पीडितबीच मुद्दा मिलाउन पहल गर्ने
४. यो घटनालाई लिएर राजनीति नगर्ने
५. पत्रकार मित्र तथा हामी सबैले मिलापलाई ध्यान दिने। सकरात्मक पक्षलाई ध्यान दिने र यो घटनाबाट कसरी सुसमाचारमा टेवा पुराउन सकिन्छ र ख्रीष्टको महिमा गर्न सकिन्छ भनी प्रार्थनासाथ कदम उठाउने।
६. हामी आफै व्यक्तिगतरूपमा पनि, यो घटनालाई ध्यान दिएर यो पृथ्वी हाम्रो स्थायी घर होइन भनी स्मरन गर्ने। स्वर्गको महान अवसर दिनुभएकोमा हामी परमेश्वर प्रति धन्यवादी बन्दै वचन अध्ययन, प्रार्थना तथा मिलापको सेवामा दिलोज्यान दिएर खट्ने। स्वर्गिय इनाम दिनुहुने हाम्रो प्रभुले भन्नुभएको छ, “मेलमिलाप गराउनेहरू कति धन्य हुन्! किनभने तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्।” मत्ती ५:९ सरलनेपाली।
ND Lama – Spokesperson, Religious Liberty Forum
Discussion about this post